logo
२०८३ अषाढ २३, मंगलबार |
📰
🔍

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

प्रभातफेरी अनलाइन१६ पटक पढिएको प्रकाशित मिति: ४० मिनेट अघि (४० मिनेट अघि)
प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौँ , प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल–एडीबी सहकार्य र विकास साझेदारीका विविध विषयमा छलफल भएको जनाइएको छ।

यसअघि सोमबार नेपाल सरकार र एडीबीबीच २२ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो।

अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दुई छुट्टाछुट्टै विकास आयोजनाका लागि उक्त ऋण सम्झौता सम्पन्न भएको हो।