प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: १ घण्टा अघि (१ घण्टा अघि)
काठमाडौँ , रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पुतला दहन गर्दै प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित भएको र बजेट फ्रिज हुने अवस्था सिर्जना भएको आरोप लगाएका छन्। उनीहरूले सरकारले तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘बिजुली–पानीको भुक्तानी गर’, ‘सम्मानित अदालतको आदेश पालन गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’, ‘मौलापुरमा हाकिम पठाऊ’ तथा ‘मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन’ लगायतका नाराबाजी गरेका थिए।
प्रदर्शनकारीका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेलाई फिर्ता बोलाएपछि नगरपालिकामा नयाँ अधिकृत नपठाइएकाले स्थानीय सरकारको कामकाज र बजेट कार्यान्वयन प्रभावित भएको छ।