logo
२०८३ अषाढ २६, शुक्रबार |
📰
🔍

प्रधानमन्त्री बालेनले आज ऊर्जा उद्यमीसँग छलफल गर्दै, क्षेत्रका समस्या र समाधानबारे संवाद हुने

प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: १२ घण्टा अघि (१२ घण्टा अघि)
प्रधानमन्त्री बालेनले आज ऊर्जा उद्यमीसँग छलफल गर्दै, क्षेत्रका समस्या र समाधानबारे संवाद हुने

काठमाडौँ,   प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज सिंहदरबारमा ऊर्जा उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे छलफल हुने कार्यक्रम रहेको छ।

ऊर्जा क्षेत्रका एक व्यवसायीका अनुसार प्रधानमन्त्रीले क्षेत्रका समसामयिक विषयमा सुझाव लिन उद्यमीहरूलाई छलफलका लागि बोलाएका हुन्। पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न उद्योगी–व्यवसायीसँग संवादलाई तीव्रता दिँदै आएका छन्।