logo
२०८३ अषाढ २६, शुक्रबार |
📰
🔍

गृहमन्त्री गुरुङको दाबी: गणेश नेपालीको बाइकमा ट्राफिक होइन, नगर प्रहरीले ह्वील लक लगाए

प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: १ घण्टा अघि (१ घण्टा अघि)
गृहमन्त्री गुरुङको दाबी: गणेश नेपालीको बाइकमा ट्राफिक होइन, नगर प्रहरीले ह्वील लक लगाए

काठमाडौँ, गृहमन्त्री सुधन गुरुङले आत्मदाह गरेका गणेश नेपालीको मोटरसाइकलमा ट्राफिक प्रहरीले नभई नगर प्रहरीले ह्वील लक लगाएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्थानीय र प्रदेश सरकारको जिम्मेवारीबारे प्रश्न उठाउँदै विपक्षी दललाई लक्षित गरेर भने, “ट्राफिक प्रहरीले ह्वील लक लगाएको होइन, नगर प्रहरीले लगाएको हो। स्थानीय सरकार अहिले कसको छ? प्रदेश सरकार कसको छ? दुई तहको सरकार त तपाईंहरूसँग नै छ।”