logo
२०८३ अषाढ २७, शनिबार |
📰
🔍

सरकारको १०० दिने कार्यशैलीप्रति राजेन्द्र महतो असन्तुष्ट, अधिनायकवादी प्रवृत्तिको आरोप

प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
सरकारको १०० दिने कार्यशैलीप्रति राजेन्द्र महतो असन्तुष्ट, अधिनायकवादी प्रवृत्तिको आरोप

काठमाडौँ, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार जारी गरेको वक्तव्यमा उनले सरकार पुरानै विभेदकारी र अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन्।

महतोले पछिल्लो जनादेश केवल सरकार परिवर्तनका लागि नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र विद्रोहको अभिव्यक्ति भएको उल्लेख गर्दै सरकारले त्यसको मर्मअनुसार काम गर्न नसकेको बताएका छन्।