प्रभातफेरी अनलाइन२५ पटक पढिएको प्रकाशित मिति: १० घण्टा अघि (१० घण्टा अघि)
काठमाडौँ, सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागी सुकुमवासी र सरोकारवालाहरूले सरकारले सुकुमवासीको व्यवस्थापनमा बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलनका क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको घटनाप्रति पनि विरोध जनाएका छन्।