logo
२०८३ मंसिर ७, सोमबार |
☰
📰
🔍
✕

नेपाल मेडिकल कलेजमा सहप्राध्यापक तथा लेक्चरर पदका लागि आवेदन आह्वान

प्रभातफेरी अनलाइन७० पटक पढिएको | श्रावण ३, २०८३ | आईतबार
नेपाल मेडिकल कलेजमा सहप्राध्यापक तथा लेक्चरर पदका लागि आवेदन आह्वान

काठमाडौं, नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक तथा क्लिनिकल विषयमा सहप्राध्यापक र लेक्चरर पदका लागि योग्य तथा अनुभवी चिकित्सकहरूबाट आवेदन आह्वान गरेको छ। कलेजले शुक्रबार सूचना जारी गर्दै सम्बन्धित पदहरूमा आवेदन मागेको हो।

चिकित्सा शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा तथा अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले कलेजले एनेस्थेसियोलोजी, डीएम क्रिटिकल केयर, नेत्ररोग, रेडियोलोजी, छाला तथा यौनरोग, इन्टरनल मेडिसिन, बालरोग, न्युरोसर्जरी तथा जनरल प्राक्टिस एन्ड इमर्जेन्सी विषयमा अध्यापन गर्न सक्ने योग्य चिकित्सकहरूको माग गरेको जनाएको छ।

कलेजका अनुसार प्राध्यापन, बिरामी सेवा तथा अनुसन्धानप्रति समर्पित चिकित्सकहरूका लागि उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक शिक्षण–सिकाइ प्रणाली र व्यावसायिक विकासका अवसर उपलब्ध गराइँदै आएको छ। दक्ष तथा अनुभवी प्राध्यापकहरूको सहभागिताले चिकित्सा शिक्षाको गुणस्तर अझ सुदृढ हुने विश्वास कलेजले व्यक्त गरेको छ।

नेपाल मेडिकल कलेजले दक्ष, सक्षम र जिम्मेवार चिकित्सक उत्पादन गर्दै देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै योग्य चिकित्सकहरूलाई आफ्नो शैक्षिक परिवारसँग आबद्ध हुन आग्रह गरेको छ।

इच्छुक उम्मेदवारहरूले २०८३ साउन ७ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन career@nmcth.edu मा इमेलमार्फत वा www.nmcth.edu/career मार्फत अनलाइन पनि गर्न सकिने कलेजले जनाएको छ।

कलेजले यस अवसरलाई चिकित्सा शिक्षामा योगदान दिन चाहने चिकित्सकहरूका लागि महत्वपूर्ण करियर अवसरका रूपमा उपयोग गर्न आग्रह गरेको छ।