प्रभातफेरी अनलाइन१७ पटक पढिएको प्रकाशित मिति: १ दिन अघि (१ दिन अघि)
काठमाडौं, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको ४७ नम्बर ढोकामाथिबाट नदीमा हाम फालेका एक युवकको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
स्थानीय २८ वर्षीय जयप्रकाश साहले सोमबार दिउँसो करिब २ बजे नदीमा हाम फालेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस भारदहबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा परिचालन भएको थियो।
संयुक्त टोलीले मोटरबोटको सहायताले ब्यारेजबाट करिब ९० मिटर तलबाट साहको सकुशल उद्धार गरेको हो।
प्रहरीका अनुसार उद्धार गरिएका साहको स्वास्थ्य अवस्था सामान्य रहेको छ।