प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौं, कैलालीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय राहुल चौधरी पक्राउ परेका छन्।
प्रहरीका अनुसार टीकापुर नगरपालिका–३ कटानपुर निवासी चौधरीलाई पीडित पक्षको उजुरीपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।