प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
जनकपुर / तनावपूर्ण अवस्था सिर्जना भएपछि धनुषाको जनकपुरधामका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो।
प्रशासनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।