प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ श्रावण २१, बिहिबार
संखुवासभा / संखुवासभामा खोला तर्ने क्रममा इदुवा हाइड्रोपावरका एक कर्मचारी बेपत्ता भएका छन् ।
मकालु गाउँपालिका–५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा खाँदबारी–१० निवासी २८ वर्षीय स्वागत निरौला बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इदुवा हाइड्रोपावरमा सुपरभाइजरका रूपमा कार्यरत निरौला साथीहरूसँग खाना खाएर हाइड्रोको आवासतर्फ फर्किने क्रममा बुधबार राति करिब ११ बजे खोलाले बगाएको बताइएको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा उनको खोजी कार्य जारी रहेको छ ।