logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

नेपाल मेडिकल कलेजमा प्राध्यापकदेखि इन्जिनियरसम्म विभिन्न पदमा रोजगारीको अवसर

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ भाद्र ९, मंगलबार
नेपाल मेडिकल कलेजमा प्राध्यापकदेखि इन्जिनियरसम्म विभिन्न पदमा रोजगारीको अवसर

काठमाडौं / नेपाल मेडिकल कलेजले विभिन्न पदमा योग्य तथा अनुभवी जनशक्ति नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। कलेजले सहायक प्राध्यापक/लेक्चरर, स्टाफ नर्स, विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक तथा डेन्टल हाइजिनिस्टलगायतका पदमा कर्मचारी माग गरेको हो।

शुक्रबार सूचना प्रकाशित गर्दै कलेजले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष जनशक्ति माग गरेको जनाएको छ।

सहायक प्राध्यापक/लेक्चरर पदका लागि ग्यास्ट्रोएन्टेरोलोजी मेडिसिन, कार्डियोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर तथा न्युरोलोजीमा डीएम/एमडी (५ वर्षे) तथा सम्बन्धित फेलोसिप प्राप्त गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। रेडियोडायग्नोसिस (इन्टरभेन्सनल रेडियोलोजी), बायोकेमिस्ट्री, फरेन्सिक मेडिसिन तथा मेडिकल इमेजिङ टेक्नोलोजीसम्बन्धी योग्यता भएका उम्मेदवारका लागि पनि अवसर खुला गरिएको छ।

त्यस्तै, विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट पदका लागि सम्बन्धित शैक्षिक योग्यता, व्यावसायिक दर्ता तथा लाइसेन्स प्राप्त उम्मेदवारले आवेदन दिन सक्नेछन्।

सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कलेजले जनाएको छ। इच्छुक उम्मेदवारले नेपाल मेडिकल कलेजको करियर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। साथै, बायोडाटा तथा आवश्यक कागजात career@nmcth.edu मा इमेलमार्फत पठाउन सकिनेछ।

कलेजले आवेदन दिनुअघि सम्बन्धित पदका लागि तोकिएको योग्यता, अनुभव तथा अन्य सर्तहरू अध्ययन गर्न आग्रह गरेको छ।