logo
२०८३ भाद्र १०, बुधबार |
📰
🔍

केरुङ नाकामा बाढीपहिरोपछि उद्धारमा जुट्न सी जिनपिङको निर्देशन

प्रभातफेरी अनलाइन२ पटक पढिएको | २०८३ भाद्र १०, बुधबार
केरुङ नाकामा बाढीपहिरोपछि उद्धारमा जुट्न सी जिनपिङको निर्देशन

काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरोपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले खोज तथा उद्धार कार्यमा पूर्ण क्षमताका साथ जुट्न निर्देशन दिएका छन्।

सिन्ह्वालाई उद्धृत गर्दै ग्लोबल टाइम्सले दिएको समाचारअनुसार सीमावर्ती क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्न राष्ट्रपति सीले निर्देशन दिएका हुन्।

बाढीपहिरोबाट सिजाङ स्वायत्त क्षेत्रको केरुङ नाकामा क्षति पुगेको छ भने चिनियाँ बन्दरगाह क्षेत्रमा ठूलो जनधनको क्षति भएको जनाइएको छ।