प्रभातफेरी अनलाइन० पाठक संख्या | १४ मिनेट अघि
काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुगेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार बुधबार बिहान करिब ८ः४० बजे भोटेकोसीमा अचानक ठूलो बाढी आएको हो। प्रारम्भिक सूचनाअनुसार तिब्बती क्षेत्रमा बिहान ८ः३७ बजे गएको भूकम्पपछि हिमपहिरो झरेका कारण बाढी आएको हुनसक्ने देखिएको छ।
बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेसी तथा नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायत क्षेत्रमा क्षति पुगेको मन्त्री खनालले प्रतिनिधिसभालाई जानकारी गराएका छन्।