logo
२०८३ आश्विन ४, आईतबार |
📰
🔍

फिलिपिन्सबाट काभ्रेको बनेपामा आएर नेपालीको स्वास्थ्यका लागि मेहनत गर्दै डा. गयारेस

प्रभातफेरी अनलाइन३० पटक पढिएको | १ घण्टा अघि
फिलिपिन्सबाट काभ्रेको बनेपामा आएर नेपालीको स्वास्थ्यका लागि मेहनत गर्दै डा. गयारेस

“स्वास्थ्य सचेतना कार्यक्रममा उल्लासमय सहभागिता”

काभ्रे /आफ्नो स्वास्थ प्रति हामी कति सचेत छौँ भन्ने कुराको पुष्टि आजको सचेतना कार्यक्रम देखिएको उपस्थिति प्रष्ट्याएको छ ।
आजको व्यस्त जीवनशैली, गलत खानपिन र बढ्दो मानसिक तनावका कारण नेपाली समाजमा स्वास्थ्य समस्या बढ्दै जानू नै आजको मुख्य चुनौती बनेको परिस्थितिमा यो अभियानले अनुकरणीय रुपमा छाप छाड्न सफल भएको आभास मिलेको छ।

कार्यक्रममा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. विद्या प्रधानाङ्ग*, *डा. एन्जेला बस्नेत* र *पोषणविद् निकिता शाक्य* ले पनि कार्यक्रममा सहजीकरण गर्दै आजको स्वास्थ समस्या र त्यसको निराकरणका बारेमा प्रस्ट्याउनु भएको छ ।

कार्यपत्र प्रस्तुत र छलफल

कार्यक्रममा तीनै जना विज्ञले आ-आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित *कार्यपत्र प्रस्तुत* गर्नुभएको छ ।

*डा. जोसेलिन गयारेस* ले “आधुनिक जीवनशैली र मानसिक स्वास्थ्य” विषयमा कार्यपत्र प्रस्तुत गर्दै तनाव, डिप्रेसन र वृद्धावस्थामा देखिने मानसिक समस्याबारे विस्तृत जानकारी गराउनु भएको छ ।

*डा. विद्या प्रधानाङ्ग* ले “महिला स्वास्थ्य र नियमित परीक्षणको आवश्यकता” बारे प्रस्तुति दिनुहुँदै महिलाहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ ।

*पोषणविद् निकिता शाक्य* ले “सन्तुलित आहार र स्वस्थ जीवनशैली” विषयक कार्यपत्र प्रस्तुत गर्दै आजको फास्टफुड,जिवनशैली र प्याकेजिङ्ग खानाले निम्त्याएको स्वास्थ्य समस्याबारे सचेत गराउनुभयो।

*सहभागीको जिज्ञासा र विज्ञको जवाफ*

कार्यपत्र प्रस्तुति पछि सहभागीहरूले आफ्ना व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य समस्याबारे विज्ञहरूसँग प्रत्यक्ष जिज्ञासा राखेका थिए।

*डा. जोसेलिन गयारेस, डा. विद्या प्रधानाङ्ग, डा. एन्जेला बस्नेत* र *पोषणविद् निकिता शाक्य* को टोलीले सहभागीको हरेक प्रश्नको वैज्ञानिक र व्यावहारिक उत्तर दिएका छन् ।
विशेष गरी डा. गयारेस र डा. बस्नेतले आजको परिवर्तित वातावरणले निम्त्याएको तनाव, डा. प्रधानाङ्गले महिलामा देखिने हार्मोनल समस्या र पोषणविद् शाक्यले गलत खानपिनले निम्त्याएको रोगको समाधानसहित *नियमित व्यायामको महत्व* बारे स्पष्ट पार्नुभयो।

कार्यक्रमले *समुदायमा सकारात्मक प्रभाव*

कार्यक्रममा बनेपा र आसपास क्षेत्रका महिला, वृद्ध र युवाहरुको बाक्लो सहभागी रहयो । धेरै सहभागीले यस्तो कार्यक्रमले आफूहरूलाई स्वास्थ्यप्रति सचेत बनाएको प्रतिक्रिया दिएका छन् ।

कार्यपत्र प्रस्तुतमध्य *डा. गयारेसप्रति आभार*

फिलिपिन्स जस्तो टाढाको देशबाट आएर नेपालीलाई आफ्नै परिवार सम्झेर सेवा पुर्याउनु भएकोमा *डा. जोसेलिन गयारेस* प्रति कार्यक्रममा सहभागी सबैले एक मुष्ट आभार व्यक्त गरेका छन् ।
उहाँले नेपाली भाषा सिकेर, यहाँको संस्कृति बुझेर स्वास्थ्य क्षेत्रमा पुर्याउनुभएको योगदानले नेपाली-फिलिपिन्स सम्बन्धलाई अझ बलियो बनाएको छ भन्न पछि पर्नु भएन सहभागी शेष नारायण बैध !

थप कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै बनेपा चप्लेटी हिडाई समुहका प्रतिनिधि साजन भालुले अस्पताल र रोटरी क्लबको सहकार्यमा यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय विज्ञको सहभागिता

कार्यक्रमको मुख्य आकर्षण *फिलिपिन्सबाट आएर लामो समयदेखि नेपालीको स्वास्थ्य सेवामा समर्पित मनोचिकित्सक डा. जोसेलिन गयारेस* को उपस्थिति रहयो । नेपालको भाषा, संस्कृति र यहाँका स्वास्थ्य समस्यालाई नजिकबाट बुझेर सेवा गर्दै आउनुभएकी डा. गयारेसले नेपाली जनताको स्वास्थ्यमा पुर्याउनुभएको योगदान प्रशंसनीय रहयो ।

शिर मेमोरियल एड्भेनटिस्ट अस्पतालको प्राविधिक सहयोगमा,बनेपा चप्लेटी शुभबिहानी समुह काभ्रेपलाञ्चोक,
आयोजनामा काभ्रेको बनेपामा *सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम* सम्पन्न भएको छ।
मानव स्वास्थमा आएको समस्याको समाधान गर्न टेवा पुर्याउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको आयोजक जनाएका छन् ।