logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली सार्वजनिक, असोज १२ सम्म दाबी–विरोधको समय

प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली सार्वजनिक, असोज १२ सम्म दाबी–विरोधको समय

काठमाडौँ / निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै प्रारम्भिक मतदाता नामावली आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

आयोगका अनुसार गत भदौ १५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकको विवरण प्रारम्भिक सूचीमा समावेश गरिएको छ।

नाम, थर वा जन्ममितिलगायत विवरणमा त्रुटि भए सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा नामावलीमाथि दाबी–विरोध दर्ता गर्न असोज १२ गतेसम्मको समय दिइएको छ।

मतदाताले आफ्नो विवरणमा त्रुटि भए आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिएर सच्याउन सक्नेछन्।

आयोगले राष्ट्रिय परिचयपत्र (एनआईडी) मा आबद्ध मतदातालाई अनलाइन प्रणालीमार्फत तस्बिर तथा बायोमेट्रिक्स विवरण उपलब्ध गराउने व्यवस्था गरेको छ। एनआईडीमा आबद्ध नभएका नागरिकले भने सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनुपर्नेछ।