logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

सुर्खेतमा श्रीमान्को फरुवा प्रहारबाट ३० वर्षीया महिलाको मृत्यु

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | १ घण्टा अघि
सुर्खेतमा श्रीमान्को फरुवा प्रहारबाट ३० वर्षीया महिलाको मृत्यु

सुर्खेत / सुर्खेतको चौकुने गाउँपालिकामा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चौकुने गाउँपालिका–५ रेक्चाकी ३० वर्षीया चन्द्रा देवकोटाको श्रीमान्को फरुवा प्रहारबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार आज बिहान करिब १०:२० बजे उनका श्रीमान् ३२ वर्षीय गोपीराम जैसीले फरुवाले टाउकोमा प्रहार गरेका थिए। गम्भीर चोट लागेकी देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।