logo
२०८३ कार्तिक २०, शुक्रबार |
☰
📰
🔍
✕

पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ छ : प्रधानमन्त्री कार्यालय

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | ३७ मिनेट अघि
पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ छ : प्रधानमन्त्री कार्यालय

काठमाडौँ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार दृढ रहेको स्पष्ट पारेको छ।

नियमित पत्रकार सम्मेलनमार्फत सरकारका पछिल्ला निर्णय, कामकारबाही तथा विकास आयोजनाको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएकी हुन्।

उनले सञ्चारमाध्यमले उठाएका सवालप्रति सरकार सजग रहेको उल्लेख गर्दै नागरिकसम्म सरकारी कामकारबाही पुर्‍याउन सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका रहेको बताइन्।