प्रभातफेरी अनलाइन२० पटक पढिएको | मंसिर २, २०८३ | बुधबार
काठमाडौं / बराह सहकारीको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले विश्वकर्मालाई पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गृहमन्त्री गुरुङले सहकारीको ठूलो रकम हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको बताएका हुन् ।
गुरुङले धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वी नेपालका सहकारी पीडित बचतकर्ताको समस्याबारे जानकारी पाएको उल्लेख गरेका छन् ।
अभियन्ताका रूपमा रहँदा तथा जेनजी आन्दोलनपछि पनि तत्काल पीडितलाई न्याय दिलाउन नसकेको बताउँदै उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि यस विषयमा अनुसन्धान र खोजीलाई तीव्रता दिएको बताएका छन् ।