logo
२०८३ मंसिर २, बुधबार |
☰
📰
🔍
✕

पूर्वमन्त्री सुमना श्रेष्ठले गरिन् काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | मंसिर २, २०८३ | बुधबार
पूर्वमन्त्री सुमना श्रेष्ठले गरिन् काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा

काठमाडौं / पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । यद्यपि, उनले कुन राजनीतिक दलबाट निर्वाचन लड्ने वा स्वतन्त्र उम्मेदवार बन्ने भन्नेबारे भने खुलाएकी छैनन् ।

आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि समर्पित गर्ने श्रेष्ठले बताएकी छन् ।

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्रीसमेत हुन् । शिक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।