logo
२०८३ मंसिर २, बुधबार |
☰
📰
🔍
✕

तारकेश्वरमा डेराकोठाबाट १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | मंसिर २, २०८३ | बुधबार
तारकेश्वरमा डेराकोठाबाट १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं / काठमाडौंको तारकेश्वर नगरपालिका–८ मा डेरागरी बस्ने एक महिलाको कोठाबाट सुनका गहना र नगद चोरी भएको छ ।

बाजुरा घर भएकी ३१ वर्षीया उर्मिला भण्डारीको कोठाबाट बुधबार बिहान सुनका गहना तथा नगदसहित करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।