logo
२०८३ मंसिर ४, शुक्रबार |
☰
📰
🔍
✕

म्याग्दी र धनकुटाबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | मंसिर ४, २०८३ | शुक्रबार
म्याग्दी र धनकुटाबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

काठमाडौँ / म्याग्दी र धनकुटाबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङस्थित ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णुसहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद ५७ हजार ४० रुपैयाँ र चार बुक तास बरामद गरिएको छ।

त्यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारस्थित ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा तेजकुमारसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद तीन लाख ८८ हजार ९७० रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।