logo
२०८३ मंसिर ४, शुक्रबार |
☰
📰
🔍
✕

निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको हो : सभापति गगन थापा

प्रभातफेरी अनलाइन२४ पटक पढिएको | मंसिर ४, २०८३ | शुक्रबार
निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको हो : सभापति गगन थापा

ललितपुर / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्थानीय तह र प्रदेशसभा निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्।

मङ्गलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निर्वाचनको अनुकूल वातावरण बनाउन सरकारले प्रतिपक्षीसहित सबै राजनीतिक दलसँग समयमै संवाद गर्नुपर्ने बताएका हुन्।

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सरकारको भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन्।