logo
२०८३ मंसिर ४, शुक्रबार |
☰
📰
🔍
✕

प्रेमिका भेट्न गएका २० वर्षीय युवक कोठामै अचेत अवस्थामा भेटिए, अस्पतालमा मृत्यु

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | मंसिर ४, २०८३ | शुक्रबार
प्रेमिका भेट्न गएका २० वर्षीय युवक कोठामै अचेत अवस्थामा भेटिए, अस्पतालमा मृत्यु

सर्लाही / सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक २० वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्।

हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका अमित चौधरी बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका थिए।

उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्‍याइएको थियो। तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।