logo
२०८३ मंसिर ४, शुक्रबार |
☰
📰
🔍
✕

अर्थमन्त्री स्वर्णिम वाग्ले र चिनियाँ राजदूतबीच भेटवार्ता, पुनर्निर्माण र कनेक्टिभिटीबारे छलफल

प्रभातफेरी अनलाइन१० पटक पढिएको | मंसिर ४, २०८३ | शुक्रबार
अर्थमन्त्री स्वर्णिम वाग्ले र चिनियाँ राजदूतबीच भेटवार्ता, पुनर्निर्माण र कनेक्टिभिटीबारे छलफल

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।

आज भएको भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, विपद्पछिको पुनर्निर्माण तथा बन्दरगाह सहकार्यका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

भेटपछि चिनियाँ राजदूत झाङले दुई देशबीचको समन्वय थप सुदृढ बनाउने, सीमा पार कनेक्टिभिटी विस्तार गर्ने र पूर्वाधार विकासलाई सहजीकरण गर्ने विषयमा कुराकानी भएको जानकारी दिनुभयो।

उहाँले दुवै देशका जनताको हितका लागि सहकार्य विस्तार गर्न चिनियाँ पक्ष नेपाली पक्षसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो।

भेटमा नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापनमा चीनको सहयोग र आगामी दिनमा सहकार्यका सम्भावित क्षेत्रबारे समेत सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।

यसअघि चिनियाँ राजदूत झाङले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गर्नुभएको थियो।