logo
२०८३ मंसिर ६, आईतबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता

प्रभातफेरी अनलाइन२ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच आइतबार नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री शाह बस्नुभएको नयाँदिल्लीस्थित होटल ताजमहलमा विदेशमन्त्री जयशंकरले उहाँसँग शिष्टाचार भेट गर्नुभएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। विशेषगरी दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा तथा जनस्तरको सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने विषयमा कुराकानी भएको जनाइएको छ।

त्यसैगरी, आपसी हित र साझा चासोका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै दुई देशबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा समेत छलफल भएको बताइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएको हो। भ्रमणलाई नेपाल–भारत सम्बन्धमा आपसी विश्वास, सहकार्य र साझेदारी थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।