प्रभातफेरी अनलाइन२४ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
काठमाडौँ / साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १२.२६ अंकले घटेर २ हजार ६३५.३९ विन्दुमा झरेको छ ।
यस दिन ३५४ वटा कम्पनीको १ करोड ४२ लाख ५६ हजार कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ३२ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये ६७ वटाको सेयर मूल्य बढेको छ भने २०१ वटाको घटेको र ११ वटाको स्थिर रहेको छ ।
बजार घट्दा पनि युनिक नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक ४.८८ प्रतिशत नाफा कमाएका छन् भने एलएस होराइजन १२ म्युचुअल फण्डको मूल्य सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ ।