logo
२०८३ मंसिर १०, बिहिबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नयाँ र तात्त्विक उपलब्धि भएन : प्रचण्ड

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नयाँ र तात्त्विक उपलब्धि भएन : प्रचण्ड

महोत्तरी / पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको भारत भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा टिप्पणी गर्नुभएको छ ।

उहाँले भ्रमणका क्रममा कुनै नयाँ तथा तात्त्विक उपलब्धि हासिल नभएको बताउँदै भ्रमणलाई विशिष्ट र ऐतिहासिक भन्न नमिल्ने धारणा राख्नुभयो ।

प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारतसँग सीमा विवाद, हवाई रुट तथा विद्युत् व्यापारका विषयमा ठोस पहल भएको स्मरण गर्दै वर्तमान भ्रमणमा ती विषय सैद्धान्तिक छलफलभन्दा अघि बढ्न नसकेको दाबी गर्नुभयो ।