logo
२०८३ मंसिर १०, बिहिबार |
☰
📰
🔍
✕

करिब पाँच किलो थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

प्रभातफेरी अनलाइन२५ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
करिब पाँच किलो थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको केरला निवासी २९ वर्षीय अब्दुल नौसाद रहेका छन् । उनको साथबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनी बाटिक एयरको उडानमार्फत थाइल्यान्डबाट मलेसिया हुँदै काठमाडौं आएका थिए । घटनाबारे लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले थप अनुसन्धान अघि बढाएको छ ।