Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सफल रहोस् २०७४

प्रभातफेरी अनलाइन १७८० पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार (८ साल अघि)
सफल रहोस् २०७४

२०७३ साललाई विदा दिई नयाँ वर्ष २०७४ प्रासम्भ भएको छ । यो वर्ष राजनीतिक संक्रमणलाई किनारा लगाउन माघ ७ अगावै तीनवटा चुनाव गराउनुपर्ने बाध्यकारी व्यवस्था संविधानले नै गरेको छ । स्थानीय तह, प्रदेशसभा र संघीय संसद् तीनवटै चुनाव मुलुकभरका मतदाताको प्रत्यक्ष सहभागितामा हुनुपर्ने छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले गराउन सके पनि, नसके पनि यो वर्षको अधिकांश समय चासो र चर्चाको केन्द्रमा चुनाव नै बन्ने छ ।
२०६२/६३ को लोकतान्त्रिक आन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि संविधानसभाबाट लिपिबद्ध गर्दै डेढ वर्षअघि जारी भएको संविधान कार्यान्वयनमा दलहरूले प्राथमिकता दिनुपर्छ । २०७३ साल संविधानको अन्तर्वस्तुमा असन्तुष्टि जाहेर गर्दै विशेषगरी मधेसी मोर्चारगठबन्धनले आन्दोलन गर्ने, तिनीहरूलाई मनाउन सत्तारूढ दललाई मनाउन खोज्ने जस्ता अलमलमै समय बित्यो । आन्दोलन र वार्ता गर्ने तर निष्कर्षमा नपुग्ने शृंखला चलेको डेढ वर्षभन्दा बढी भइसक्दा पनि सहमति र समझदारी भएको सुखद् समाचार जनताले पाएका छैनन् । सरकारले २०७४ वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ, मुलुकका अधिकांश क्षेत्र चुनावमय बसिकेको अवस्था छ । तर एक महिनामात्रै समय बाँकी रहँदा पनि ‘चुनाव होला त ?’ भन्ने आशंकाहरू पलाएकै छन् । सरकारले संविधान कार्यान्वयन र चुनावको वातावरण तयारका लागि ०७३ सालमै दुईपटक संविधान संशोधन गर्न खोज्यो तर सफल हुन सकेन ।
२०७३ सालमा आशा जगाउने केही काम भएका छन् । सबभन्दा ठूलो उपलब्धि मानिएको छ, लोडसेडिङको अन्त्य । स्वास्थ्य क्षेत्रमा दूरगामी महàव राख्ने नीतिगत निर्णयहरू गएको वर्षमा भएका छन् । संविधानले बाध्यकारी व्यवस्था गरेपछि बेलैमा सरकारले वार्षिक बजेट तथा कार्यक्रम ल्याउन थालेको छ, जसले ‘बजेट ढिलो आयो’ भन्ने बहानाबाजी अन्त्य गरेको छ । चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रमको कार्यान्वयन सन्तोषप्रद नदेखिनु भने सरकारको कमजोरी हो । मुलुकको आर्थिक वृद्धिदर सरकारी लक्ष्यअनुसार ६.५ प्रतिशत पुग्नु पनि उत्साहजनक कुरा हो । पूर्वाधार निर्माणमा भइरहेका प्रगतिले पनि समृद्धिको आशा जगाएको छ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सम्भवतः यसै वर्ष पूरा हुनेछ । विगतमा हासिल केही संकेतले जगाएका आशालाई मूर्तरूप दिन भने राजनीतिक स्थिरता चाहिन्छ । त्यसका लागि बेलैमा तीनै तहको निर्वाचन गर्नु जरुरी छ । त्यसैले सरकारले पनि जिम्मेवार भएर संविधानको पालना गर्दै तिनै तहको निर्वाचन समयमै सफलताका साथ सम्पन्न गरोस् भनी २०७४ सालको शुभकामना !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0