logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

उत्पादन गर्न अवसर दिउ

प्रभातफेरी अनलाइन२०९७ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख १०, आईतबार(९ साल अघि)
उत्पादन गर्न अवसर दिउ

अमेरिका प्रवेशमा भन्सार छुट पाएका वस्तु नेपालमै उत्पादन गर्न त्यहाँका लगानीकर्ता इच्छुक रहेको अवस्थामा नेपाल अमेरिका बीचको व्यापार तथा लगानी सम्बन्धि बृहत सम्झौताको बैठकमा अमेरिकी अधिकारीले बताएका हुन् । काठमाडौंमा आयोजित सचिव स्तरीय ‘टिफा’ को तेस्रो बैठकमा अमेरिकी अधिकारीसँग छलफलमा लगानीका लागि ऐन, कानून, वातावरण, प्रावधानको विषयमा बैठक केन्द्रित भएको थियो । पछिल्लो समय अमेरिकाले थप ६६ वस्तुलाई भन्सार रहित बजारमा पहुँच दिएको छ । छुट भएका झोला, सुटकेश जस्ता उत्पादनमा धेरै लगानी छैन तर अमेरिकामा यी वस्तुको बजार भने रहेको बैठकमा जनाइएको थियो । बजार सुनिश्चित देखेपछि अमेरिकी लगानीकर्ताले आफैं उत्पादन गर्ने अवसर खोजेका छन् । बनिरहेका ऐन कानुनकोबारे स्पष्ट जानकारी गराउँदै र लगानीको वातावरण रहेकाले लगानी गर्न आग्रह गरिएको वाणिज्य मन्त्रालयका सचिव एवं प्रवक्ता रविशंकर सैंजूले बताए । अमेरिकाले भन्सार छुट पाएका वस्तुका लागि प्राविधिक सहयोग दिन नेपाल तयार रहेको पनि बैठकपछि पत्रकारहरुलाई बताइयो । वाणिज्य मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति २०१६ वस्तु तथा सेवा गरी १२ वटा छनोट गरी एनटीआईएस २०१० संशोधन गर्दै निर्यातका बढी सम्भावना भएका १२ वस्तु तथा सेवाको सूची तयार पारेको छ । त्यस्तै, वस्तुतर्फ ठूलो अलैंची, अदुवा, चिया, औषधी तथा सुगन्धित वनस्पति, कपडा, छाला, जुत्ता, च्याङ्ग्रा, पस्मिना र गलैंचा परेका छन् भने सेवातर्फ रेमिट्यान्स, आईटी तथा आईटी इन्जिनियरिङ र पर्यटन (व्यापार, शिक्षा र चिकित्सा) छनोट गरिएको छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्यांक अनुसार अमेरिका निर्यातको हिसाबले भारतपछिको तेस्रो मुलुक हो । चालु आर्थिक वर्षका सात महिनामा ५ अर्ब ३८ करोड रुपँैयाको निर्यात भएको पाइन्छ । यसरी आयात व्यापारमा अमेरिका आठौं नम्बरमा रहेको तथ्यांकमा रहेको छ ।