Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाली मानव समाज भित्र मैले बुझेको धर्म र राजनिति –प्रकाश नेपाल

प्रभातफेरी अनलाइन २३२५ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१३ साल अघि)
Post Thumbnail

नेपाल बहुधार्मिक देश हो । यहाँ हिन्दू, मुस्लीम, इसाई आदि धर्मको प्रचार–प्रसार परापूर्वकालदेखि नै भैरहेको छ । आ–आफ्ना धर्मले निर्देशित गरेका नियमहरु अनुसार धर्मको सम्मान र अवलम्बन गर्नु प्रत्येक धर्मावलम्बीहरुको कर्तव्य हुन जान्छ । चोरी नगर्नू, हत्या हिँसाको भावनाबाट टाढा रहनु, लोभ नगर्नु, सत्य बोल्नु, सबै जीवजन्तुलाई दयाको भावना राख्नु यी सबै धर्मका आधारभूत नियम हुन् । धर्मको लक्ष्य भनेको शान्त, सभ्य, सुखी, सम्बृद्ध समाजको निर्माण गर्नु हो । धर्मले मानिसलाई सदाचारी, सद्गुणी, अनुशासित, नैतिकवान्, परोपकारी, आदि बनाउँदछ । वास्तवमा धर्मले व्यक्तिहरुलाई समूहमा एकीकरण गर्ने कुरामा, अनिश्चिित अवस्थाहरुमा जुध्ने कुरामा , उराठ र निराश क्षणहरुमा ढाडस दिने कुरामा, सामाजिक लक्ष्य प्राप्ति प्रति मानिसलाई जागरुक बनाउने कुरामा, आत्मबल बढाउने कुरामा, मानिसहरुलाई त एकतामा बाँध्ने कुरामा र मानिसहरुलाई परस्परमा एकीएकरण गर्ने क्रममा अन्तर्निहित रहेको पाइन्छ । जसले गर्दा मानिस मानिसबीचमा सद्भाव र परस्पारिकताका बिश्वास कायम गर्दछ । साथै एक अर्कामा सहिष्णु पनि बनाउँदछ । धर्मले सामाजिक व्यबहारलाई नियन्त्रण गर्दछ । धर्मले मानिसहरुबीचमा सामाजिक एकता कायम राख्दछ । जुनसुकै अशान्तमा परेको व्यक्ति मुक्ति र शान्ति पाउन धर्मको सहायता लिन्छ । प्र्रार्थना, पूजा, ध्यान, आदि गर्दा मानिसले शान्ति र शक्ति प्राप्त गरेको महसुस गर्दछ । यसले उसको आत्माविश्वासलाई बृद्धि गराउँदछ । धर्ममा प्रवचन, भजन, नाचगान, धार्मिक नाटक आदि प्रर्दशन हुने हुँदा त्यस्ता कार्यले मानिसमा अन्तरनिहित सिर्जनशीलतामा अभिबृद्धि हुन्छ । त्यसैले धर्म सभ्य समाज र व्यक्तित्व निर्माणको लागि नभई नहुने एक आवश्यक तत्व हो भन्न सकिन्छ । शाब्दिक रुपमा धर्मको अर्थ खोज्ने हो भने नेपाली भाषामा प्रयोग हुने ‘धर्म’ शब्द संस्कृतको ‘धृ’ धातुबाट बनेको देखिन्छ । संस्कृतमा ‘धृ’ को अर्थ ‘ईश्वरसित नजिक तुल्याउनु’ भन्ने हुन्छ । यस अर्थमा सद्गति प्राप्तिका लागि प्रयोग गरिने कार्य नै  धर्म हो ।
कार्ल माक्सले धर्मलाई जनता शोषण गर्ने एउटा माध्ययम मात्र हो भनेका छन भने अरु समाजशास्त्रीहरुले भने धर्म सामाजिक व्यवस्थाको निरन्तरताको लागि आवश्यक तत्वकारुपमा लिएका छन् । उनका अनुसार धर्मको उत्पत्ति र अस्तीत्व शासन र सत्तासित जोडिएको हुन्छ । यसले शासकहरुको शासन सत्ता टिकाइ राख्न सहयोग गर्दछ । धर्मले नै सामाजिक स्तरीकरण र असमानताको सृजना गराउने र असमान वर्गवीच सधै द्वन्द्व हुने हुनाले धर्मलाई द्वन्द्व सृजना गर्ने तत्वका रुपमा लिएका छन् ।
प्रसिद्ध समाजशास्त्री ओग्वर्न भन्दछन्–“धर्म दैविशक्ति माथिको विश्वास हो ।” धर्म विश्वासको व्यवस्थाका साथै कार्यप्रणालीको स्वरुप र व्यक्तिगत अनुभवका घटनाक्रम हो । वास्तवमा कतिपय सामाजिक कार्यहरु एकजुट भई गर्न धर्मले नै अभिप्रेरित गर्दछ । एउटै धर्म मान्नेहरुका बीचमा त अझ संस्कारगत र सामाजिक एकता बलियो  हुन्छ । धर्मले सामाजिक मूलय मान्यताहरु, व्यवहारहरु, प्रचलन, उत्पादन ढाँचा, कानून आपदलाई एकीकृत गरि सामाजिक एकता सुदृढ गराउदछ । यसबाट के बुझिन्छ भने धर्म भनेको अलौकिक शक्तिप्रतिको मानिसको विश्वास हो अर्थात समर्पण हो । जसले गर्दा मानिसलाई परस्परमा गाँस्ने काम गर्दछ र अन्तरसम्बन्धित बनाईदिन्छ ।
राजनीति भनेको सरकार, राजनैतिक दलहरु र तीनका भातृ संगठनलाई बुझिन्छ । यसले निर्वाचनमा भाग हुने, सरकार निर्माण र सञ्चालन प्रक्रियालाई बुझाउँछ । यसले राष्ट्र तहको नीति निर्माण प्रक्रियालाई ईंकित गर्दछ । राजनैतिक सुझबुझ, सम्बन्धहरु, राजनैतिक सहभागीता, निर्णय प्रक्रियामा दलहरुको भूमिकाको स्थितिलाई नै राजनीति भन्न सकिन्छ । नेतृत्व दिने, निर्णय प्रक्रियामा पुग्न तथा राष्ट्रलाई नियन्त्रण गर्ने सन्दर्भमा के कस्ता जात, वर्ग, लिंग, तथा समूहका मानिसहरुको स्थिति के कस्तो छ भन्ने बारेमा राजनैतिक चेतना र राजनैतिक संगठनहरुका विविध पक्षहरुलाई राजनिति भनिन्छ । राजनीतिलाई एउटा संस्थाको रुपमा पनि लिन सकिन्छ । किनकी यसमा कार्य प्रणालीको तरिका हुन्छ । राजनैतिक सहभागीताको स्थिति, राजनैतिक आर्दश, मताधिकारको प्रयोग र व्यवहार, राजनीतिमा महिला, पुरुष, वर्ग, तह, सम्प्रदाय आदिको संलग्नता, कानूनी व्यवहार, राजनैतिक दल छनौटका प्रक्रिया लगायतका विविध पक्षहरुको विश्लेषण गर्नुपदर्छ ।
कुनै पनि समाजको सर्वाङगीण बिकासमा राजनीतिको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले राजनीतिको गलत प्रभाव परेमा समाज पछाडि पर्ने र रुपान्तरण हुन नसक्ने हुन्छ । राजनीतिले देश र जनताको लागि दीर्घकालीन सोच राख्न नसक्दा, दलियतामा रुमलिँदा, सबै विचारहरुलाई स्थान दिन नसक्दा, राजनीतिमा जातिवाद, सम्प्रदायवाद जस्ता संकिर्ण सोचलाई त्याग्न नसक्दा , निर्णय प्रक्रियामा तीे देश प्रगति र रुपान्तरण हुन सकेको छैन । जे जस्तो प्रकारको राजनैतिक चिन्तन र व्यबस्था देशमा हुन्छ त्यसै अनुरुपको बिकासको प्रक्रिया अघि बढ्छ ।
राजनीतिले समाजको समग्र बिकासको लागि दीर्घकालीन सोच र जन चाहना अनुसारको नीति निर्माण गर्दछ । जनमत अनसार सञ्चालन हुन सके स्वाधीन र समावेशी राष्ट्रको संस्थागत बिकास हुन सक्दछ । राजनैतिक दलहरुका जागरण अभियान, राजनैतिक प्रशिक्षण, जनपरिचालन आदि कार्य मार्फत राष्ट्र निर्णय र नीति निर्माण प्रक्रियामा जनमत तयार हुन्छ । राजनैतिक समावेशी, लोकतान्त्रिक तथा जनउत्तरदायी भएमा राष्ट्रको रुपान्तरण तथा आमूल परिवर्तन हुन सक्छ । यस व्यवस्थाबाट नै नेतृत्व चयन र चयन गरेको नेतृत्वले राष्ट्रको प्रत्येक आर्थिक, राजनैतिक कार्य गर्नका लागि नीति, योजना र कार्यक्रम बनाउने र त्यसको कार्यन्वयनमा महत्वपूर्ण योगदान वा भूमिका निर्वाह गर्ने हुनाले राष्ट्रको बिकासमा महत्वपूर्ण योगदान पुग्दछ ।
वर्तमान नेपालको राजनीति विचित्र, दुःखद र हास्यास्पद छ । मुख्य तीन दल जो नेतृत्व तहमा पुगेका छन् । तिनीहरुको दैनिक कार्यबाट यो प्रष्ट हुन्छ कि नेपालका नेताहरुमा असल राजनेतामा हुनु पर्ने गुण र विशेषताको कमि रहेको छ । नेपालको राजनीति केवल पद र प्रतिष्ठाको राजनीति मात्र हो भन्नमा नेपाली जनताहरुलाई शंका नहोला । सबैभन्दा ठूलो राजनैतिक पार्टीको रुपमा संविधासभाको चुनावबाट विजय भएको एकीकृत नेकपा माओवादीमा वर्तमान अवस्थामा देखिएको फुटका कारण दुई अलगधार भएका छन् । माओवादी पार्टीमा मात्र नभएर मुलुका अन्य राजनैतिक दल नेपाली काँग्रेस नेकपा एमाले र मधेशी दलहरुमा पनि यो रोग रहेको कुरा घाम जस्तै छर्लङ्ग भएको छ । अब कुरा गरौँ नेपाली काँग्रेसको । यस पार्टी पनि जति नै लोकतन्त्रको भजन गरे पनि पार्टी भित्रको विवादका कारण औपचारिक रुपमा दुईधार नभए तापनि उनीहरुको व्यवहारका कारण पार्टी फुट्न सक्ने संकेत देखिएको छ । हुन त यो रोग नयाँ भने होइन । जननायक विपि कोइरालाको नेतृत्वकालमा पनि यस्तो रोग लागेको थियो । पार्टीभित्र गुट उपगुट थियो तर आजको जस्तो अवस्था भने आएको थिएन् । नेपाली राजनीतिका शिखर पुरुष एवं लोकतन्त्रवादी नेता गिरिजाप्रसाद कोइराला र वरिष्ठ प्रजातन्त्रवादी नेता एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनैतिक सम्बन्धमा फाटो आएको थियो । वर्तमान अवस्थामा हेर्ने हो भने सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको भातृ संगठनको विभाजनलाई लिएर ठूलो विवाद चलिरहेको छ । उनीहरुको खिचातानीका कारण पार्टीको दुराअवस्था भएको हो । यस्तै अवस्थामा रही रहने हो भने, नेताहरु नसच्चिने हो भने प्रजातन्त्रवादी जनताहरु निराश त हुने नै भए लोकतान्त्रिक शक्ति पनि छिन्नभिन्न हुने अवस्था आउन सक्छ । यति हुनुभन्दा पहिला शीर्षनेतामा मूल असन्तुष्टिका कारणहरु पत्ता लगाई गम्भीर छलफल हुनु अति नै आवश्यक छ । यी नेताहरुका कारण लोकतन्त्र र काँग्रेसको सिद्धान्त बोकेर हिड्ने जनता निराश भएका छन् । प्रत्येक शुभ चिन्तकको मनमा एउटा शंकाले बलियो डेरा जमाएको अवस्था छ कतै नेपाली काँग्रेस फुट्ने त होइन । त्यसैगरी नेकपा कम्युनिष्ट पार्टीको अवस्था पनि कम छैन । यही साझा रोगले ग्रसीत भएको देखिन्छ यो दल । यस पार्टीमा पनि संस्थापन र असन्तुष्ट पक्षको राजनीति चलेको छ । तत्कालै अर्का असन्तुष्ट पक्षका नेताहरु नयाँ कम्युनिष्ट पार्टी खोल्ने तर्खर गरिरहेका छन् । पार्टीभित्रको यस्ता चरम विवाद आखिर कहिले सम्म चल्ने हो ?  नेताहरुलाई देश र जनताभन्दा पनि कुर्सी र पद प्यारो भएको हो भने उनीहरुको ठूलो भुल हो यहि भुलका कारण देश कमजोर हुदैँछ । हाम्रो नेतृत्व वर्गमा रहेका नेताहरु समझदारीको भावना कम भएको हो त ? सहमति, सहकार्य र एकताको बाजा बजाउने काम त यिनीहरुले गरे तर यसको सैद्धान्तिक प्रयोग भने गर्न जानेन फलस्वरुप देशको यो अवस्था भएको छ । एउटै सिद्धान्त, मूल्य मान्तया बोकेर हिड्ने पार्टी किन दुई तीन समूहमा विभाजीत भइरहेका छन् । के यो सब गर्नु वर्तमान समयमा उचित छ छातीमा हात राखेर, देशको माटोलाई सम्झेर भनौँ । कमसे कम समान सिद्धान्तमा रहेका पार्टीका नेताहरु पद र प्रतिष्ठाको लोभमा नफसे देश र जनताको भलो हुने थियो ।
वास्तवमा धर्म भनेको व्यक्तिगत मामला हो । धर्मको संरक्षण गर्नु, धर्मको सम्मान गर्नु र धार्मिक मान्यता अनुरुप व्यवहार गर्नु त्यो धर्म मान्ने सम्प्रदाय तथा व्यक्तिको कर्तव्य हुन जान्छ । हरेक व्यक्तिले धर्मलाई आ–आफ्नै तरिकाले ग्रहण गर्न सक्तछ । धर्म र राजनीति भनेको नितान्त फरक विचार राख्ने तत्वहरु हुन् । यिनीहरुको आ–आफ्नै नीति निर्माण र विशेषता हुन्छन् । धर्मको कुरा लिएर राजनैतिक विवाद हुनु हुदैन र राजनीतिको भावनासंग धर्म गाँसिनु हुदैन । यदि यस्तो भयो भने आपसमा विवाद भई देश धर्मयुद्ध तथा गृह कलहमा होमिन पुग्दछ । राष्ट्रले सबै नागरिकहरुले धर्म मान्न पाउने अधिकार संविधानमा प्रष्टसंग उल्लेख गरिदिनुपर्छ । यी दुई पक्ष राष्ट्र विकासको लागि नभई नहुने तत्वहरु हुन् भन्ने कुरा बिर्सनु हुदैन । कुनै पनि धर्मको प्रभावमा राजनीति गर्नु राम्रो होइन । यसले अन्य धर्म मान्ने सम्प्रदाय, व्यक्ति, समूहको धर्म मान्न पाउने अधिकार कुण्ठित भई आत्मसम्मानका साथ बाँच्न सक्दैनन् । त्यसैले त आज नेपाल जन आन्दोलन २०६२–६३ पछि धर्म निरपेक्ष राष्ट्र घोषणा भएको छ ।
[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0