प्रभातफेरी अनलाइन२७८ पटक पढिएको | २०८२ फागुन २८, बिहिबार
२०६४ मा भएको संबिधान सभाको माओबादिले प्राप्त गरेको बहुमतको चुनाव र यो २०८४ प्रतिनिधि सभाको रास्वपाले बहुमत ल्याएको चुनाब अलग पाटो र अलग उदेश्यबाट भएको निर्बाचनहरु हो।
हुनत दुबै चुनाब एउटा विषम परिस्थितिले उत्पन्न गरेको समस्याको समाधानको लागि भएको चुनाब थियो तर ०६४ सालको चुनाब फेरिदै गरेको ब्यबस्थालाई सस्थागत गराउन संविधान लेख्नको लागि थियो त्यो संविधान लेखनमा दुईसय चालीस बर्सको राजतन्त्रलाई बिधिगतरुपमा अन्त्य गरि नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष,समानुपातिक,समाबेशि र शासकीय स्वरुपमा प्रत्यक्ष कार्यकारी प्रमुख सहितको संबिधान लेख्नको लागि थियो जसको लागि माओबादिको नेतृत्वमा दस बर्सिय शसस्त्र जनयुद्ध र सात राजनितिकदल सहित बृहत उन्नाईस दिने जनआन्दोलन भएको थियो त्यो आन्दोललनको सबै मुद्दा र एजेन्डा माओवादीले उठान गर्दै आएको मुद्दाहरु थियो तर तिनै मुद्दाहरुमद्य्य कार्यकारी प्रमुखको एजेन्डालाई माओबादिले कसैगरी सस्थागत गराउन सकिएन संबिधानमा जुन संविधान लेख्न माओबादिले बहुमत ल्याएको संख्याले त्यो पूरा कार्यकाल काम गर्न दिएन र पहिलो अबधी संबिधान लेखन बर्स असफल बनायो त्यो संगै माओबादिले त्यो अबधिको कार्य गर्न पनि पाएन यो गराउनुको उदेश्य थियो नेपालमा संविधान नलेखियोस र गणतन्त्र स्थापना नहोस भएपनि हाम्रो (दक्षिणको)अनुकुलमा होस जहाँ नेपाल धर्मनिरपेक्ष नहोस,माओबादिको उदेस्यरुपको संघियता जातिय र क्षेत्रीय अनुसार नहोस मदेशलाई हाम्रो अनुकुल घोषणा गर्न पाइयोस।
यिनै मुद्दाहरुभित्र सेना समायोजन,शान्ती सम्झौताको निस्कर्स पनि प्रमुख थियो शान्ती स्थापनाको लागि तर सेना समायोजन बाहिरी र भित्री शक्तिहरुले स्विकार्न सकिन्न थियो कि सेना समायोजन गर्नु भनेको सेना कब्जाहो भन्नेमा उनिहरु डराउथ्यो तसर्थ अनेक बहनामा त्यो पकृया लम्ब्याएर माओबादी सेना आफै आन्तरिक रुपमा सकियोस र आफ्नो नेतृत्व प्रती अबिस्वास स्वरुप बिद्रोह गरेर सकियोस।यसका बाबजुद पहिलो पाँचबर्समा संविधान लेखनले थलानिनै पाउन सकिएन र अर्को चुनाब भयो ०६९ मा जुन चुनाबमा माओबादी तेस्रो स्थानमा सिमित भयो जनता माझ काम गर्न नसक्नेमा परिभासित भयो माओबादी ताकी काम गर्न नदिएको भन्दा अलवा हुनत कमजोरी हाम्रो पनि थियो तर हाम्रो कमजोरी बाबजुद पनि केही हुनुपर्ने कार्यत हुनुपर्थ्यो जस्को थलानिनै भएन हुन दिएन।अब दोस्रो चुनाबमा तेस्रो स्थानको कमजोरिसंगै हाम्रो एजेन्डाहरुपनी उतिकै कमजोरी भैसकेको थियो।माओबादी आफैमा चुराझै आफैको रिसमा आफै फुट्यो धेरै नेताहरु।दोस्रो चुनाबपछी तेस्रो शक्तिको रुपमा एमाले,कांग्रेसको सहमतिमा संविधान लेखन सकायो जारी गरायो नेपालको संविधान २०७२ देशी बेदेशिको दबाब र प्रभाबको बिचपनि यसैसंगै सेना समायोजनले पुर्ण पायो माओबादी सेना समायोजन भयो र दुईसेनाको समायोजन पश्चात् शाही सेना नेपाली सेनामा नामकरण भयो र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र सहित देश सात प्रदेश,समाबेशी,समानुपातिक,समाबेशी मुलुक भयो नेपाल धर्म निरपेक्ष गणतन्त्र नेपाल भयो जुन संबिधानले पुर्नता पायो तिनै संविधान जारी गर्दा नेपालले भारतको अघोसित नाकाबन्दि खेप्यो तर नेपालका त्यो बेलाका एमाले,कांग्रेस,राजाबादी दलका नेताहरु एक ठाँउमा उभिएर त्यसको सामाना गर्यो र भारतको संविधान द्वारै नेपालको राज्य चलाउने देखि सिंहदरबार सम्म अनि कर्मचारी ,सेनामा रहने निर्नयक अधिकारलाई सदाको लागि बन्द गरिदियो जुन संविधान भारतको लागि सहिय थिएन ।यिनै अबरोध र दबाबको बिचमा तेस्रो स्थानमा रहेर माओबादिले आफ्नो एजेन्डा निकै सकसको साथ स्थापना गर्यो जुन अधुरा र अपुरा भएपनी जनयुद्ध र जनआन्दोलनकै मर्मलाई सम्मान गर्न सके जति हुनुपर्ने थियो त्यति नसकेपनि तर शासकीय स्वरुप प्रत्येक्ष कार्यकारी रास्ट्र प्रमुखमा भने एमाले,कांग्रेसको साथ पाएन आफुसंग बहुमत थिएन। यिनै धेरै उपलब्धी र थोरै बेउपलब्धिको बिच देश संघीयताको मर्मानुसार स्थानिय,प्रदेश,र संघ कार्यन्यनमा गयो सिंहदरबारमा केन्द्रित अधिकार गाउँमा गयो सिंहदरबार बनेर,प्रदेशमा गयो र संघमा जसको लागि कर्मचारी ब्यबस्थापन सबैभन्दा चुनौतिको कुरा थियो त्यो आज निकै सहज र साधरन भैसक्यो। त्यसपछिका निर्बाचन देखि यो विषम परिस्थितिमा अहिले सम्पन्न भएको चुनाब मात्र प्रतिनिधि सभाको लागि भएको चुनाब हो त्यसैले सबैले बुझ्न आब्श्यक छ माओबादिले बहुमत लाएको चुनाब संविधान लेखनको लागि हो जसले पहाडी,हिमाली स्वरुपका चट्टानहरु फोर्ने डोजर बनेर राजमार्ग स्पस्ट रुपमा बनाइसकेको अबस्थाको परिबेश हो जुन हाइवाएको ट्राफिक नियम बनिसकेकोछ अबगुन यति हो पुरनोले आफैले बनाएको नियम आफैले पालना गरेन र देशको हितको लागि गराउन लगाएन मात्र यति हो अब आउने सरकारले त्यो सानदार निर्मान भैइसकेको राजमार्गमा ट्राफिक नियम लागू आफुपनि गर्ने र अरुलाई पनि गराएर शुसासन दिने हो जुन जेन्जी आन्दोलनको मर्म थियो तर यति सानदार राजमार्गमा गुड्दै गर्दा हिजो चट्टान फोर्ने डोजरहरु र सिमेन्ट, बालुवा, कंक्रीट बोक्ने ट्याक्टरहरुको संघर्सलाई अपमान नगरियोस केही कमजोरी स्वरुप पिच सडकमा ट्याक्टरको ठुलो आवाज आयो भन्दैमा, खिसीट्युरी पनि नगरियोस आफैले बनाएको सडकमा डोजर अरुलेनै बोकेर कतै लादैछ भनेर किनकी मानव संस्कार यस्तै छकी हजारौ चट्टान फोरेर सडक बनाउने डोजरले सबैको गाली, सराप, हेपाह, धाक, धम्की, अबरोध सहनुपर्छ तर तिनै सडकमा प्यासेन्जर बोकेर बस्ती पुग्ने गाडी र ड्राइभरले फुलमालको स्वागतमा ताली पाइन्छ डोजरले होइन।
त्यसकारन निर्मान भएको राजमार्गमा संबिधानको कानुनले सुसान ल्याउछु भन्न जस्तो सजिलो त्यो कानुन बनाउन सजिलो थिएन ।केही गल्ती भएको हो तर सत्यनाशनै होइन बिस्वमा कतै रेकर्ड छैन देश र समाज परिबर्तन गर्न संघर्ष गर्नेले देश सकाएको तर क्रमिकरुपमा परिबर्तन गराएको देशलाई बनाउछु भन्दा देश सकाएको तितो यथार्थ भने सर्बबिदितै छ्न। बर्तमानमा आफुले इतिहासलाई सम्मान दिन सकेमा मात्र भबिस्यको इतिहासमा तिमिले पनि सम्मान पाउलान जसको लागै संस्कार बनाउनै पर्छ।