Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षण अस्पतालको जागिर सँगै अर्गानिक खेती

प्रभातफेरी अनलाइन २३८० पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१३ साल अघि)
शिक्षण अस्पतालको जागिर सँगै अर्गानिक खेती

शिक्षण अस्पतालको जागिर सँगै अर्गानिक खेती

साँगा ÷ काभ्रेको नासिकास्थान साँगा गाविस–२ का केदार बुढाथोकी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको डिनको कार्यलयमा कार्यरत छन् । यो सँगसँगै उनी अर्गानिक खेती (अभियान )मा पनि उतिकै लागेका छन् ।
२०५४ सालदेखि अर्गानिक अभियानमा सक्रिय उनी अर्गानिक खेतीमार्फत राम्रो आम्दानी समेत गरेका छन् । अन्य किसानका लागि अर्गानिक खेतीबारे तालिम समेत दिने बुढाथोकीलाई धेरैले “अर्गानिक अभियन्ता”को  समेत संज्ञा दिने गरेका छन् ।
पाँच बर्ष अघिदेखि किबि खेती सुरु गरेका उनले ६५ बोट लगाएका छन् । तीन रोपनीमा किबि खेती उनका किबि तीन बर्षदेखि फल्न थालेका छन् । गत बर्ष ९० केजी किबि बेचेका केदारले यस बर्ष २ सय केजी बेच्ने लक्ष्य राखेका छन् । यो उनले आफ्नो खेतबारीमा तीन सय बोट सुन्तला, एक सय बोट मुन्तलाका साथ तरकारी खेती लगाएका छन् । अर्गानिक खेतीबाट उनले बर्षेनी ७ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
३० रोपनी जग्गामा अर्गानिक खेती गरेका केदारले धेरै ठाउँमा पुगेर अर्गानिक खेतीबारे किसानलाई तालिम दिएका छन् र आफ्नो खेती अनुभब बाँडेका पनि छन् । उनले अर्गानिक खेतीबारे तालिम दिएर राम्रो आम्दानी पनि उनले गरेका छन् । उनले कम्पोष्ट मलका लागि प्रत्येक खेत र बारीको गह्रामा खाल्टो बनाएर उनले कम्पोष्ट मलमात्र प्रयोग गर्दै आएका  छन् ।
अर्गानिक तरकारीका साथै किबि, मुन्तला, सुन्तला लगायतका फलफूल लगाएका केदारले अर्गानिक खेतीको आम्दानीबाट बुढाथोकी गाउँमा भव्य घर समेत बनाएका छन् । ‘अर्गानिक खेतीबाट राम्रो आम्दानी गरेर नयाँ भवन बनाएको हुँ, अर्गानिक खेती गर्दा विषादी र रासायिनिक मल प्रयोग गरेर गरिएको खेतीबाट भन्दा बढी धेरै आम्दानी हुन्छ ।’–उनी भन्छन् । उनले पैसा कमाउनका लागि विदेशनै जानुपर्छ भन्ने मान्यतालाई गलत सावित गरिदिएका छन् ।
दिगो भुव्यवस्थापन कार्यक्रमको कृषक प्रतिनीधिको रुपमा १० बर्ष विषादीमुक्त अभियानको नेतृत्वदायी भुमिका खेलेका उनी जिल्लाकै अगुवा किसानको रुपमा चिनिएका छन् । ‘अर्गानिक खेती अभियानका लागि उनी उदाहरण पनि बनेका छन्, उनी आफूले अरु धेरैलाई पनि अर्गानिक खेतीका लागि सिकाएका छन्, देशभरिका धेरैले उनलाई अर्गानिक खेतीका लागि सबैभन्दा असल किसानको रुपमा चिन्छन्, धेरै किसानमाझ उनी चर्चित पनि छन् ।’–कृषि सेवा केन्द्र बनेपाका प्रमुख बलदेव केसी भन्छन् ।
‘पैसा कमाउनका लागि विदेशी जानुभन्दा स्वदेशमै बसेर कमाउन सकिन्छ भन्ने उदाहरण बुढाथोकीले दिएका छन्, अर्गानिक खेती हिराखेती जस्तै हो भनेर पनि देखाएका छन् ।’–कृषि सेवा केन्द्रका सहायक प्राविधिक मुकुन्द केसी भन्छन् ।
‘अर्गानिक खेती गर्दा करोडौ खर्चेर विदेशबाट विषादी र मल पनि ल्याउनुपर्दैन, बजारको पनि दुःख हुँदैन, बरु उल्टो विदेश पठाउन सकिन्छ ।’–उनी भन्छन् । उनको तालिमबाट प्रभावित भएर र उनको अनुशरण गर्दै गाँउमा धेरैले अर्गानिक खेती समेत शुरु गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0