बनेपा÷बनेपा १० मा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारण सभा हिजो चण्डेश्वरी बगैंचामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सागरनाथ कपालीको सभापतित्व र काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष नवराज बजगार्इं, स्वर्णलक्ष्मी साकोसका अध्यक्ष कृष्णलाल श्रेष्ठ, लक्ष्मी महिला साकोसकी सीता दाहाल घिमिरे, युनिटीका शैलेश कपाली लगायतले सहकारीका बारेमा बोल्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष भरत दाहालले स्वागत मन्तव्य, सचिव सुमन चौं प्रधानले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष बलराम मानन्धरले आर्थिक प्रतिवेदन, लेखा संयोजक फिरोज शाक्यले लेखा सुपरीवेक्षण प्रतिवेदन र विकास श्रेष्ठको संचालनमा भएको कार्यक्रममा जेष्ठ सदस्य सम्मान, बालसदस्यलाई उपहार र असल ऋणी तथा उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको थियो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |