logo
२०८३ श्रावण १९, मंगलबार |
📰
🔍

सर्पदंश उपचारका लागि एन्टिभेनम अभाव छैन : स्वास्थ्यमन्त्री निशा मेहता

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ श्रावण १९, मंगलबार
सर्पदंश उपचारका लागि एन्टिभेनम अभाव छैन : स्वास्थ्यमन्त्री निशा मेहता

काठमाडौँ / स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टी स्नेक भेनम’को अभाव नरहेको बताएकी छन्।

प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले हाल देशभर १ हजार २६९ भायल एन्टिभेनम मौज्दात रहेको र यसबाट करिब ८५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने जानकारी दिइन्।

मन्त्री मेहताका अनुसार थप १३ हजार २०० भायल एन्टी स्नेक भेनम खरिद प्रक्रिया अघि बढिसकेको छ र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको छ। साथै, रेबिजविरुद्धको खोपको पनि अभाव नरहेको र २ लाख ७४ हजार भायल एमआरभी खरिद सम्झौता भई आपूर्ति भइरहेको उनले बताइन्। सरकार आपूर्ति, वितरण र दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उनको भनाइ छ।