प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण १९, मंगलबार
काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा बन्द भएको छ।
बजारमा बिक्री चाप बढ्दा ३४३ कम्पनीका १ करोड ७ लाख कित्ता सेयर ५२ हजार २७२ पटक कारोबार भई कुल ४ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज २१३ कम्पनीको सेयर मूल्य घटेको, ५९ कम्पनीको बढेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ। गिरावटका बीच एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशत, खानीखोला हाइड्रोको १०.०७ प्रतिशत र जोशी हाइड्रोपावरको ५.२६ प्रतिशतले वृद्धि भएको छ।