– हर्षमान महर्जन÷अर्जुन पन्थी
हाम्रो जलजलाको एउटा विशेषता भनेको केही विषयमा विज्ञापनदाताको पनि आलोचना गर्न सक्नु हो । यसले २०६७ साउनको अंकको कभरस्टोरी शिक्षाको बारेमा बनाएको छ । यो अंक प्रकाशित गर्नु पनि बजारकै प्रभाव हो । त्यस अंकमा आठ पेज पूरै रङ्गिन विज्ञापन कलेजको छापेको थियो । यस अंकको सम्पादीय (हाम्रो जलजला २०६७) पनि शिक्षाकै बारेमा थियो जसले शिक्षा व्यवसायिक, अस्वस्थ प्रतिस्पर्धा भएको तर जनवादी शिक्षाको प्रचार गर्नेले पनि विकल्प दिन नसकेकाले बहस गर्न आवश्यक भएको तर्क गरेको छ । त्यसमा माओवादीका तर्पmबाट धर्मेन्द्र बास्टोला, गुणराज लोहनी, युवराज चौलागाईं र अरु डा. विद्यानाथ कोइराला, दिलेन्द्र बडु अनि इटालियन माक्र्सवादी विचारक अन्टानियो ग्राम्सी गरी छजना व्यक्तिको विचार दिइएको थियो । यसमा बास्टोला, लोहनी र चौलागाई माओवादी पार्टीका सदस्य हुन् । बास्टोला भन्छन् “यस प्रकारका स्कूलहरूमा अक्सर राजनेताहरू, सम्पन्न परिवारहरू, नोकरशाही दलाल पूँजीपतिहरू तथा सामन्त जमिन्दारका छोराछोरीहरूको अध्ययनका लागि बनाइएका छन् । निम्न मध्यम र निम्न वर्गका बालबालिकाहरू यस्ता विद्यालयमा आर्थिक सामाजिक कारणले पढ्न सक्दैनन् (बास्तोला २०६७ः ४७) ।” यसले आपूmले विज्ञापन छापेका कलेजको आलोचना गरेको पाइन्छ । यसरी हाम्रो जलजला पार्टी निकटको वुद्धिजीवि सँगठनका केही व्यक्तिले आर्थिक लगानी गरेर सुरु भएको भए पनि २०६८ चैतसम्म आउँदा यो विज्ञापनमा भरपर्न वाध्य छ । त्यही कारण आफ्नो सैद्धान्तिक विचारभन्दा पर गई चुरोट र रक्सीको समेत विज्ञापन यसले छापेको देखिन्छ ।
विज्ञापन बजारमै हुर्केबढेको म्यागेजिन
लालरक्षक २०६५ असोजमा (त्यसबेलासम्म नयाँ कणाली (२०६४), हाम्रो मुक्ति यात्रा (२०६४) आदि प्रकाशित भइसकेका थिए) प्रकाशित हुँदा यसमा पार्टीले एक पैसा पनि लगानी गरेको थिएन । बरु यसले प्रकाशक र सम्पादक योङ कम्युनिस्ट लिग (वाईसीएल), नेपाल, जिल्ला समिति, भक्तपुरमा रहेका व्यक्तिलाई रोजगारी दिई माओवादी कार्यकर्ता व्यवस्थापन गर्न सघायो । यो सुरुदेखि नै पूरै विज्ञापनको बजारमा निर्भर रहेको म्यागेजिन हो । मिडियाको अर्थ राजनीतिमा चासो राख्ने विज्ञ भन्छन्, यसो हुँदा विज्ञापनदाताको प्रभावलाई रोक्न सकिंदैन ।
यसले कसरी भक्तपुर वाईसीएललाई सघायो ? लालरक्षकले कस्ता कस्ता विज्ञापन दिए ? यसबारेमा अबका केही परिच्छेदमा चर्चा गरिएको छ ।
वाईसीएललाई माओवादी शान्तिप्रकृयामा आएपछि डिसेम्बर सन् २००६ (२०६३ मंसिर) तिर पुनः स्थापना गरिएको थियो । २०६३ चैततिर वाईसीएलको पहिलो सम्मेलन हुँदा ४५ जना सदस्यीय केन्द्रीय कमिटि बनाएको थियो जसको अध्यक्षमा गणेशमान पुन, उपाध्यक्षमा उमा भुजेल, महासचिव दिलिपकुमार प्रजापति, सचिव आर.पी.शर्मा र कोषाध्यक्षमा भागवत बडुवाल थिए । ती व्यक्तिमध्ये धेरैजसो जनमुक्ति सेनामा सक्रिय रहेका थिए । त्यसैबेला यसलाई लडाकु समूहको घोषणा गरिएको थियो । वाईसीइलको काम चुनाव स्वतन्त्र तरिकाले सम्पन्न गर्ने, चुनावमा हुनसक्ने षडयन्त्र रोक्ने, गणतन्त्र निर्माणमा युवालाई संगठित गर्ने, समाजमा रहेका विकृति हटाउने र युवाको मानसिक र वौद्धिक विकासका लागि साँस्कृतिक र खेलकूद कार्यक्रम गर्ने थिए । युएनयचसिआरअनुसार वाईसीएलले केही महिनामै चन्दा उठाउने, धम्की दिने, यातना दिने, अरु राजनीतिक पार्टीको कार्यमा बाधा पु¥याएकाले समाजमा डर र त्रासको वातावरण बनेको थियो ( युएनयचसिआर सन २००७ ) ।
लालरक्षक निस्कने बेलामा माओवादी संविधान सभामार्पmत ठूलो दल मात्र भएको थिएन, २०६५ साउनमा प्रचण्डको नेतृत्वमा सरकार बनिसकेको थियो । म्यागेजिन प्रकाशन गर्ने बेलामा भक्तपुर वाईसीएलको करिब १५० जनाको फोर्स गठ्ठाघरमा घर लिएर बसेका थिए । त्यसको अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ को जिम्मामा सबै फोर्स थियो । त्यो फोर्सलाई उत्पादनशील काममा लगाउने उद्देश्यले च्याउ खेती, बङ्गुर पालन, तरकारी खेतीजस्ता काम सुरु गरिएको थियो । यस्तो काममा कम रुचि भएको देखेपछि सापकोटाले पत्रिका निकाल्ने सोच बनाएका थिए । दशैं पनि मुखैमा थियो तर संस्थासँग दशै खर्च दिने पैसा भने थिएन । लालरक्षक निस्कनुका एक कारण यो पनि थियो । त्यसैले विजयादशमी र दिपावलीको शुभकामना विज्ञापन उठाइएको थियो । अर्को कारण नेपाली मिडियासँग प्रतिरोध गर्ने थियो ।
झन् यसका लागि एक पैसा पनि पार्टीबाट लगानी नहुँदा यो बजारबाटै टिकिरहनु परेको थियो । २०६५ असोजमा म्यागेजिन निकाल्न त्यसबेला भक्तपुर वाईसीएलका सबै फोर्स र अरु शुभ चिन्तक प्रयोग गरिएको थियो । केदारनाथ गौतमका अनुसार प्रत्येक व्यक्तिलाई निश्चित रकम उठाउन आदेश दिइएको थियो । आदेशलाई पालना गर्दै भक्तपुर जिल्लाका साना किराना पसले देखि ठूला व्यापारीसँग विज्ञापन उठाइएको थियो । त्यसक्रममा विज्ञापन उठाउने युवालाई रोजगारी दिने व्यवस्था पनि थियो जसमा व्यक्तिले विज्ञापन उठाए १५ प्रतिशत र संस्थाले उठाए २५ प्रतिशत कमिशन दिने व्यवस्था गरिएको थियो । रामप्रसाद सापकोटाका अनुसार त्यसबेला आठ लाख रकम उठेको थियो जसमा तीन लाख म्यागेजिन छाप्नलाई प्रयोग भएको थियो भने पाँच लाख नाफा भएको थियो ।
‘क्रान्तिकारी युवाहरूको आवाज’ भनिएको लालरक्षकको पहिलो अंक ३००० प्रति छापिएको थियो । त्यस अंकको डिजाइन तथा सम्पादन सहयोगीमा केदारनाथ गौतम, राजेन्द्र विश्वकर्मा र शैलेन्द्र घिमिरे थिए । यी तीनै जना वाईसियलभन्दा बाहिरका भएपनि पार्टीका सदस्य हुन् । गौतमले २०५३ मै जनजीब्रो म्यागेजिन प्रकाशित गरिसकेका थिए । विश्वकर्मासँग पनि पत्रकारिता गरिएको अनुभव थियो । शैलेन्द्र घिमिरे भने युद्धकालमा जनगणतन्त्र रेडियोमा काम गरेका व्यक्ति थिए । दास्रो अंकदेखि भने गौतमलाई सम्पादक बनाइएको थियो ।
पहिलो अंकमा यति धेरै विज्ञापन उठ्नु पछाडि धेरै कुरा जिम्मेवार थिए । पहिलो वाईसीएलको खटाइ र यसपति समाजमा व्याप्त डर, दोस्रो माओवादी सरकारमा हुनु र तेस्रो दशै÷तिहारको अवसर । यही कारण पहिलो अंकका लागि सबैभन्दा धेरै विज्ञापन भक्तपुरबाटै आयो र यी विज्ञापनको प्रकृति अनि आकार हाम्रो जलजलामा छापिएभन्दा फरक थिए । ती साना थिए । त्यसबेला भक्तपुर वाईसीएलको १३ वटा इलाका कमिटी थिए । प्रत्येक कमिटीका इन्चार्जलाई कार्यालयमा बोलाई प्रशिक्षण दिइएको थियो । त्यसबेला प्रत्येकलाई न्यूतम रकम उठाउन र त्यसबाट उठ्ने कमिशनबाट संस्था चलाउन अनुरोध गरिएको थियो । ती इलाका इन्चार्जले आफ्नो कमिटीमा गएर जिल्ला कमिटीको आदेशको जानकारी दिइएको थियो । यस्तो अवस्थामा वाईसीएलले विज्ञापन माग्दा नाई भन्न सक्ने अवस्था थिएन भन्छन् केदार गौतम । त्यसबेला लालरक्षकलाई विज्ञापन खोज्नु भनेको आफ्नो इलाका कमिटीका लागि आर्थिक स्रोत जुटाउनु थियो । त्यसैले ९२ पृष्ठको त्यस अंकमा ४५ पेज विज्ञापन थिए जसमा २५ पेज रङ्गिन र २० पेज श्याम श्वेत विज्ञापन थिए । पूरै पेज रङ्गिन छापिएका विज्ञापनमा दुई सरकारी संस्थाका पनि थिए ः जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र नेपाल एयरलाइन्स । अरु विज्ञापनमा भक्तपुरको साना पसल, स्कूल, सरकारी कार्यालय आदिका थिए । केही भने काठमाडौँका पनि थिए । यस अंकका सुरुका र अन्तिमका आठ पेज रङ्गिन थिए ।
यसबाट उठेको रकम वाईसीएलमै प्रयोग गरिएको थियो । त्यसबेलाको अवस्था सम्झँदै गौतम भन्छन्, “वाईसीएल धेरै थिए, विहान ८ बजे भात खान थाल्दा पनि दिउँसो २ बजे मात्र लाइन सिधिन्थ्योे” । विज्ञापनको बजारलाई अझ आकर्षित गर्न वर्ष १ अंक ३ २०५६ मङ्सिर–पुसदेखि नै सबै पृष्ठ रङ्गिन छापिएको थियो जसको कारण यो छापाइमा बजारमा भएका अरु मूलधारका म्यागेजिन हिमाल, नेपालको दाँजो आयो । त्यसबेला सामग्री वैचारिक धारलाई यथावत राखी प्राविधिक पक्षमा मूलधारका म्यागेजिनसँग प्रतिस्पर्धा गर्न आवश्यक लालरक्षकले देखेको थियो ।
बजारमा विज्ञापन खोज्न सजिलो थिएन । यातायातको पनि असुविधा थियो । २, ४ अंक निकालेपछि आफ्नै साधन भए विज्ञापन धेरै उठाउन सकिन्छ भन्ने कुरा उठ्न थालेपछि एउटा प्रस्ताव ल्याइएको थियो ः ‘विज्ञापन उठाउनुस् मोटर साइकल चढ्नोस्’। त्यस मुताविक उठेका विज्ञापनको २५ प्रतिशत म्यागेजिन निकालन र ७५ प्रतिशत मोटर साइकल किन्न पैसा जम्मा गरियो ।
यो नीति २÷३ अंकका लागि गरिएको थियो । त्यसैले नै २०६५÷२०६६ मा प्रकाशित वर्ष १, अंक ७ मा सबै लालरक्षकमध्ये धेरै विज्ञापन छापिएको देखिन्छ । १२४ पृष्ठको त्यस अंकमा करिब ८० पेजको विज्ञापन छापिएको छ । नयाँ वर्ष २०६६ को उपलक्ष्य पारेर प्रकाशित यस म्यागेजिनले त्यसबेला विज्ञापनबाट १८ लाख उठाएको थियो । (दीपशिखाले त्यसबेला एक अंकमा सबैभन्दा बढी विज्ञापन उठाउँदा त्यति रकम भएको जानकारी दिएका थिए ।) यसमा टोयटा, स्टनर बाइक, हिम स्टार घरायसी उपकरणजस्ता ठूला विज्ञापनदेखि घर–घडेरीका लागि सम्पर्क गर्ने व्यक्तिको नामको विज्ञापन प्रकाशित गरिएको थियो । त्यसपछि जम्मा भएको पैसाबाट १०–१५ वटा मोटर साइकल पनि किस्तावन्दीमा किनिएका थिए । (क्रमशः)
(मार्टिन चौतारीमा प्रस्तुत कार्यपत्रमा आधारित)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |