Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

प्रभातफेरी अनलाइन ३१५ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलबार (१० महिना अघि)
Post Thumbnail

यो सुख्खाको मौसममा जताततै आगलागी हुनेगरेको छ । आगलागीको कारण ठुलो मात्रामा धनजनको क्षती हुनेगरेको छ । सुख्खा याममा जता ततै आगलागी हुँदा ठुलो परिणाममा जङ्गली जनावर तथा पन्छीहरू मर्ने गरेका छन् । त्यतिमात्रै नभएर घरपालुवा जनावरहरु समेत मरेका धेरै उदाहरणहरू रहेका छन् । सामुदायिक बनमा आगलागी हुँदा सो आगो फैलिएर बस्तीमा पुगेर ठुलो परिणाममा धनजनको क्षति हुनेगरेको धेरै उदाहरणहरु रहेका छन् । समयमा आगलागी नियन्त्रण गर्न नसक्दा समस्या दिन पर दिन थप जटिल बन्दै गएको छ । कतिपय सामुदायिक बनमा आगो भवितव्यले नभई नियतबस लगाएको पाइन्छ । सामुदायिक बनमा रहेका बन्यजन्तुले खेतीमा क्षति पु¥याएको छ । सो क्षतिलाई मध्यनजर राख्दै बन्यजन्तुलाई नास गर्न साथै बालिमा नोक्सान हुन नदिनको लागि आगो लगाएको पनि हुन सक्छ ।
कतिपय स्थानहरूमा आगो लाग्नुको कारण चुरोटको ठुटो पनि सावित भएको छ । सवारी साधनमा होस यात पैदल यात्रीले आफूले सल्काएको चुरोटको ठुटो जथाभावी फाल्दा आगो सल्किन पुगेको छ । त्यसैगरी सुस्त मनस्थिति भएका व्यक्तिले अन्जानमा आगो चलाउँदा घटना घट्न सक्छ । खेतीको समय आएकोले बारीमा भएका काँडा कुँडिहरु सफा गर्ने क्रममा आगो लगाएर जलाउने कार्यले थप समस्या ल्याउन सक्छ । खेतबारी सरसफाइको क्रममा कडा कुँडी जलाउने क्रममा आगो उडाएर अन्यत्र पु¥याउँदा आगालागिको चपेटामा पर्ने सम्भावना रहन्छ । यदा कदा कसैले मजाकमा नियतबस पनि आगो लगाउन सक्छ जबकि कसैको नोक्सानी रहोस् भन्ने उद्देश्यले ।
कतिपय घरबार विहीन हुन पुगेका छन् । यस्तो जटिल अवस्था आउनु लापरवाही साथै अन्जान वा नियत समेत हो । यस्तोखाले जटिल अवस्थालाई मध्यनजर राख्दै समयमै होसियारी नगर्ने हो भने भावी दिनहरूमा थप जटिलता निम्तनु सक्छ । कसैले रिसिवीको कारण आगो लगाएर मानवीय क्षति नहोला भन्न सकिन्न । त्यसैले यस्ता खाले जटिल समस्यालाई मध्यनजर राख्दै सम्बन्धित निकाय चनाखो हुन जरुरी रहन्छ ।
आगलागी नियन्त्रणको लागि स्थानीय तहले समेत भूमिका निर्वाह गर्न जरुरी रहन्छ । आगोबाट हुन सक्ने सम्भाव्यत खतरा साथै विनाशको बारेमा चेतना मुलक कार्यक्रम फैलाउने साथै सम्भाव्यता दुर्घटना हुन सक्ने स्थानहरूको पहिचान गर्दै निगरानी राख्न जरुरी रहन्छ । राजमार्ग तथा कृषि सडकहरुको छेउछाउमा रहेको सजिलैसँग आगो सल्कन सक्ने पतकर तथा घाँस बुट्यानहरु समयमै हटाउने वातावरण निर्माण गर्न जरुरी रहन्छ । आगोबाट हुने खतराको वारेमा स्थानिय तहले जनचेतनामुलक कार्यहरु गर्दै आगलागि हुन नदिनको लागि विभिन्न उपायहरु अपनाउन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • Post Thumbnail

    सरकार दिन प्रतिदिन दायित्वबाट पन्छिन भएन

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0