Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नजिकिँदो दशैं र लोपोन्मुख मौलिक संस्कृति

प्रभातफेरी अनलाइन २३२० पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

–अमरकृष्ण चन्द

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैं तथा तिहार हामीले धुमधामसँग मनाउँदै आइरहेका छौं । यसपालीको बडा दशैं र तिहार पनि धुमधामसँग मनाउने तयारीमा हामी लागिसकेका छौं । पक्कै पनि हाम्रो परिचय तथा अस्तित्व अनि नेपाली मौलिक संस्कृति बोकेको यी महान पर्व धुमधामसँग मनाउनु हाम्रो लागि खुशी कै कुरो हो ।

आजको एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि हामीले हाम्रो मौलिकता झल्कने दशैं तिहार जस्तो महत्वपूर्ण चाड उल्लासमय तरिकाले मनाउने प्रचलनलाई हामी नेपालीहरुले पछ्याउँदै आइरहेका छौं । हामी सबै यी चाडहरुलाई भित्र्याउन तम्तयार भईसकेका छौं । नेपाली र नेपालको निकै महत्व बोक्ने यी चाडलाई उल्लासमय तरिकाबाट स्वागत गर्न तयार भएर बसेका छौं हामी ।
यी चाड नेपालीहरुको आँगनमा नजिकिदै गर्दा यी चाडको स्वागतार्थ विभिन्न संस्थाहरु तथा समूहहरु विविध कार्यक्रमहरु आयोजना गर्न तयार भएर बसेका छन् । जिल्लामा मात्र नभई अधिराज्यभर विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदानको कार्यक्रमहरु आयोजना गर्ने प्रचलन केहि वर्ष देखि चलि आएकोछ । यस्ता चाडपर्वहरुमा आयोजना गरिने साँस्कृतिक कार्यक्रम नाम मात्रको साँस्कृतिक कार्यक्रम हुँदै आएको कलाप्रेमीहरुले विगतको तीतो अनुभव व्यक्त गर्दै आएका छन् । साँस्कृतिक कार्यक्रमको नाममा हाम्रो मौलिक लोक संस्कृतिलाई भुलाउने खालको पश्चिमा संस्कृतिले प्रशय पाउँदै आएको बताउँछन् आफ्नै मौलिक कला संस्कृतिलाई माया गर्ने कलाप्रेमीहरु ।
विगत केहि वर्षदेखि दशैं तिहारको कार्यक्रममा सहभागि हुँदै आएका कलाकार तथा लोक दोहोरी गायक विक्रम शाह नाम चाहिँ साँस्कृतिक कार्यक्रम हुने तर प्रस्तुति चाहिँ पुरै पश्चिमा संस्कृतिको प्रमोशन गर्ने खालको हुँदै आएकोमा खल्लो लाग्दै आएको बताउँछन् । दशैं तिहार जस्तो राष्ट्रिय चाडपर्वमा आयोजना गरिने कार्यक्रमहरुमा नेपाली मौलिक संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम नै नगन्य मात्रमा प्रस्तुत गरिएको हुन्छ तर पश्चिमा संस्कृतिको प्रतिनिधित्य गर्ने बि–बोईङ, साल्सा, रक, हिपप, ¥याप आदि जस्ता प्रस्तुतिहरुले प्रसय पाउँछ भने कसरी त्यस्ता कार्यक्रमलाई साँस्कृतिक कार्यक्रम भन्ने ? कलाकार शाह प्रश्न गर्छन् ।
“बिदेशी भूमिमा हुने कार्यक्रमहरुमा बरु प्राय नेपाली कला संस्कृतिको प्रतिनिधित्व गर्ने प्रस्तुतिहरु पाइन्छ तर नेपालमा हुने कार्यक्रमहरुमा विदेशी संस्कृतिको नक्कलले राम्रो स्थान ओगटेको छ । हाम्रो यूवापुस्ता विदेशी संस्कृति प्रति आकर्षित भएकै कारण यस्तो भएको छ । चाडपर्वहरुमा हुने कार्यक्रमहरुमा हाम्रो मौलिक कला संस्कृति झल्कने प्रस्तुतिहरुलाई राम्रो स्थान दिन सके मौलिक नेपाली कला संस्कृतिलाई लोप हुनबाट जोगाउन केहि टेवा पुग्ने थियो ।” लोकदोहोरी गायक शाह थप्छन् ।
थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी मोडल तथा कलाकार संजिता गुरुङ्ग अरु बेलाको कार्यक्रममा भन्दा चाड बाडको बेला आयोजना गरिने कार्यक्रममा नेपाली मौलिकता झल्कने प्रस्तुतिलाई प्राथमिता दिनुपर्ने बताउँछन् । उनी भन्छिन्—“म त चाडबाडको कार्यक्रममा मौलिकता झल्कने कार्यक्रमलाई नै प्राथमिकता दिन्छु । आयोजकहरुले जति नै पैसा दिए पनि म त चाडबाडको बेलामा हुने कार्यक्रममा मौलिक लोक नृत्य नै प्रस्तुत गर्छु भन्छु । त्यसमा राजी भए कार्यक्रममा सहभागी हुन्छु हैन भने बाई भन्छु ।”
धुलिखेलकी ४३ बर्षिया रत्नमाया लामा भन्छिन्—“नेपाली भनेर चिनाउने खालको कार्यक्रम गर्नुपर्छ अनि पो नयाँ पुस्ताले समेत नेपालीपन बारे थाह पाउँछन् । मलाई त कौडा, नेवारी, तामाङ सेलो, झ्याउरे नाचहरु नै मन पर्छ । त्यस्तो कार्यक्रम रहेछ भने हेर्न जान्छु नत्र त बरु घरमा नै सुतेर बस्छु ।”
हामी आफू नेपाली भनेर आफूलाई गर्व गर्छौं भने नेपाली मौलिक संस्कृति बोकेको कार्यक्रमलाई प्राथमिकता दिनु उचित होला । यस्ता कार्यक्रमहरुमा मौलिक कला संस्कृतिलाई प्राथमिकता नदिने हो भने लोपोन्मुख हाम्रो कला संस्कृति लोप हुन के बेर । दशैं तिहारको बेला आयोजना हुने कार्यक्रमले पनि मौलिक नेपालीपनलाई बोक्न सके सुनमा सुगन्ध हुने थियो ।
आजभोलि प्राय कार्यक्रमहरुमा नेपालीपन झल्कने कार्यक्रमको साटो विदेशी संस्कृति बोकेको कार्यक्रमले प्राथमिकता पाएकोमा नेपाली लोक संस्कृति धमाधम लोपोन्मुख हुँदै गएको गौरीशंकर साँस्कृतिक समूहका संस्थापक अध्यक्ष सुमित तामाङ्ग बताउँछन् । आशा गरौं यसपालीको दशैं तिहारमा आयोजना हुने कार्यक्रमहरुमा नेपाली मौलिक लोक संस्कृति झल्कने कार्यक्रमले प्राथमिकता पाउनेछ । नेपाली मौलिक लोक संस्कृतिको संरक्षण, सम्बद्र्धनमा यस्ता साँस्कृतिक कार्यक्रमहरुले पनि महत्वपूर्ण साथ दिन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0