प्रभातफेरी अनलाइन९९ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ १३, बुधबार(२ हफ्ता अघि)
काभ्रेपलाञ्चोक/ काभ्रे टेलरिङ्ग व्यावसायी संघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट नेतृत्वमा आएको कार्यसमितिलाई शुभकामना दिदै काभ्रे उद्योग वार्णिज्य संघका वरिष्ठ उपाध्यक्ष रबिन्द्र बैदारले हामी साना ब्याबसायिलाई एम.आर.पि.को पिरलो खडा भएको संगिन अवस्थामा बिचलित नहुन आग्रह गर्दै काभ्रे उद्योग वार्णिज्य संघ निजिक्षेत्रको लगानीलाई संरक्षण गर्न कुनै कसुर नछाड्ने जिकिर गर्दै यो जटिल परिस्थितिमा आइपर्ने जुसुकै समस्यामा हातमा हात राख्दै समस्याको समाधानका लागि कटिबद्ध रहेकोले जानकारी गराउनु भएको छ ।
आज जुन अन्योलता छाएको छ त्यसको समाधान गर्न हाम्रो ब्याबसायिलाई पुरानो ढराबाट नभई आधुनिक समयनुसार परिमार्जन गर्न आवस्यक छ । त्यसका लागी जस्तो खरिद छ त्यसमा कति प्रतिशत राख्ने त्यो राखेर मुल्य सुचि राखेर ब्याबसाय अगाडि बढाउन अनुरोध गर्दै यो दौरानमा कुनै समस्या आए अफिस समय मै पर्खनु नपने जानकारी गराउदै जुसुकै समयमा उद्योग वार्णिज्य संघको ढोका खुल्ला रहेको बताउनु भएको छ । सम्बोधन कै क्रममा उपाध्यक्ष बैदारले हामीले हाम्रो ब्याबसायलाई न्याय गर्ने हो भने आफ्नो सिपको कदर गर्न अहिलेको परम्पराबाट माथी उठ्न सकियो भने मात्र न्याय हुनेछ । हाम्रो ब्याबसाय भित्र के के अडछन त्यसतर्फ खोजी गरौं त्यो समयको आवस्यकता हो , जस्तो आज चर्चित बुटिक ब्यासायको बजार देख्दा टेलरिङ्गमा जीवन खोज्ने तपाईं व्याबसायीहरुले गौरव गर्ने ठाउँ छ । त्यसैले आफ्नो पेशालाई स्थापित गर्दै स्वरोजगारको महत्वपूर्ण थलो बनाउन सक्छौं भन्ने सन्देश दिन आवस्यक रहेको बताउनु भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि महासंघका बरिस्ठ उपाध्यक्ष तथा ललितपुर जिल्ला अध्यक्ष पूर्ण महर्जन, उपाध्यक्ष सुदिप गणेश, महासंघका महासचिव तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौ का नव निर्वाचित अध्यक्ष रमानाथ श्रेष्ठ, भक्तपुर टेलरिङ्ग व्यवसयी संघका अध्यक्ष हरि गोबिन्द भोमी, बागमती प्रदेश संयोजक धिपेन्द्र कारञ्जित, सल्लाहकार संयोजक कपिलदेव सिंह, काभ्रे महिला उद्यमी मञ्चकी अध्यक्ष विश्वमायाँ श्रेष्ठ, अन्तर्राष्ट्रिय नेतृत्व विकास प्रशिक्षक राजु सरकारलगायतले सम्बोधन गरेका थिए । तेस्रो अधिवेशन बाट चन्द्रलक्ष्मी मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । संघको उपाध्यक्षमा रुपेश परियार, सचिवमा पूर्णिमा प्रधानाङ्ग, कोषाध्यक्षमा सूर्यमाया लामा, सह–कोषाध्यक्षमा रोजन योगल तथा सदस्यहरुमा भिमसेन कार्की, निरु बैदार, विमला श्रेष्ठ पलाञ्चोके, सुजन सुन्दास, राजेन्द्र कुमार नेपाली, चित्रबहादुर परियार, रेणु अमात्य, निमा बैद्य र रमेश कुमार बर्देबा रहेका छन् ।