Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सन् २०१५ सम्म काभ्रेलाई खुल्ला दिशामुक्त बनाउने अभियान -घोषणा गर्ने क्रम तिव्र

प्रभातफेरी अनलाइन १५८३ पटक पढिएको प्रकाशित मिति: २०६९ मंसिर ११, सोमबार (१० साल अघि)
सन् २०१५ सम्म काभ्रेलाई खुल्ला दिशामुक्त बनाउने अभियान -घोषणा गर्ने क्रम तिव्र

धुलिखेल ÷ सन् २०१५ सम्ममा काभ्रेलाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत विभिन्न गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्ने क्रमले तिव्रता पाएको छ । २००९ सालबाट शुरु भएको अभियान अन्तर्गत हालसम्म १२ गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिसकिएको छ ।
ठूलोपर्सेललाई २०६६ मंसिरमा जिल्लाकै पहिलो मुक्त क्षेत्र घोषणा गरिएको थियो । यो संगै मादन कुँडारी, सल्लेभुम्लु, कोलाँती, ढुङ्खर्क र सारदाबतासे गाविस पनि खुल्ला दिशामुक्त गाविस घोषणा भैसकेका छन् । हालै तिमाल क्षेत्रका मेच्छे, चापाखोरी, नारायणस्थान, सस्र्युृँखर्क, सरमथली, र बोल्देफेदिचे पनि खुल्ला दिशामुक्त गािवस गरिएको छ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन, जिल्ला विकास समिति र विभिन्न गैह«सरकारी संँस्थाहरूको संयुक्त प्रयासमा जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियान थालिएको हो । शान्ती जनआदर्श सेवा केन्द्र, साथसाथै विकास नेपाल, परोपकार प्राथमिक उपचार केन्द्र, एसिया अनलस, एन्फो, फोए, माइकल, सिआइयुडी लगायतका संस्थाले यो अभियानमा सघाइरहेका छन् ।
२०१२ को अन्त्ययसम्ममा आइपुग्दा १२ गाविस मात्रै घोषणा भएपनि यो गुणात्मक रुपमा विकास हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यलय काभ्रेका प्रमुख प्रेमकृष्ण श्रेष्ठले विश्वास व्यक्त गरे । “यो गुणात्मक रुपमा बृद्धि हुने कुरा होे , उनले भने, “सबै सरोकारवालाहरुको सहयोग हुने हो भने २०१५ सम्ममा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न सक्छौँ । ”
डिभिजन कार्यालयका इञ्जिनियर राजेन्द्र श्रेष्ठका अनुसार घोषणा भईसकेका गाविसबाहेक हाल २६ गाविसमा पक्की चर्पी निर्माण भइरहेको छ । १८ गाविसले ८० देखि ९० प्रतिशत काम सकिसकेका छन् , १८ गाविसमा ५० प्रतिशत काम सकिसकेको छ । १५ देखि ४० प्रतिशत काम सकाउने ८ गाविस छन् । “कतिपय गाविसमा स्थानीयबासी आफैले बनाईसकेकाले चर्पी नभएका गाविसहरूलाई प्राथमिकतामा राखेर निर्माण गरिरहेका छौं,” श्रेष्ठले भने ।
डिभिजन कार्यलयले विपन्न परिवारको लागि एउटा प्यान र ३ मिटर पाइप सहयोग गर्ने गरेका छन् । गैरसरकारी संस्थाले पनि केही सहयोग गर्ने गरेको छ । स्थानीयवासीले जनश्रमदान र ज्याला बेहोर्ने गरेको छ । गाविसले पनि केही सहयोग गर्ने गरेको छ । खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएका गाविसलाई जिल्ला विकास समितिले १५ लाख रुपैयाँ छुट्याउने गरेको छ । केही गाविसले बार्षिक बजेटमा पनि खुल्ला दिशामुक्त घोषणाको लागि बजेट छुट्याउने गरेका छन् ।

६ गाविस खुल्ला दिशामुक्त

तिमाल ÷ काभ्रेको तिमाल क्षेत्रका ६ वटा गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । यो क्षेत्रका मेच्छेपौवा, चापाखोरी, पोखरीनारायणस्थान, बोल्देफेदिचे, सस्यूर्खक र सरमथली गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो । ६ गाविसका ५ हजार ९ घरधुरी अहिले पक्की शौचालय निर्माण गरिएको छ । ती घरमा धुँवारहित चुलो समेत जडान गरिएको छ ।
साथसाथै नेदरल्याण्डको ३ करोड ५५ लाख बरावरको आर्थिक सहयोग र स्थानीयको जनश्रमदान शौचालय निर्माण गरिएको संस्थाका कार्यक्रम प्रवन्धक संग्रामजित लामाले जानकारी दिए । सन् २००९ साथसाथै विकास नेपालको अग्रसरतामा खुल्ला दिशामुक्त अभियान शुरु गरिएको थियो । स्थानीयको सकृयता, सरकारी तथा गैरसरकारी क्षेत्रको सहयोगमा ३ बर्षको छोटो अवधीमा ती गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएको साथसाथै विकास नेपालका कोषाध्यक्ष डिएस लामाले बताए ।
उनका अनुसार, अभियान शुरु हुनुअघि यी ६ गाविसमा ३ सय घरधुरीमा मात्रै शौचालय थिए । अहिले ५ हजार ९ घरधुरीका ३४ हजार ६ सय १८ जना र्सवसाधारणले शौचालय प्रयोग गरिरहेका छन् । कार्यक्रममा आफ्नो गाविसलाई खुला दिशामुक्त गाविस घोषणा गर्न आर्थिक सहयोग गर्ने साथसाथै नेदरल्याण्डकी अध्यक्ष तान्जा क्रुकलाई सम्मान समेत गरिएको थियो । खुशीयालीमा स्थानीयले नाचगान समेत गरेका थिए ।

अन्तर्वार्ता

स्त्रीमाया लामा, स्थानीय, पोखरीनारायणस्थान २

चर्पी बन्दा खुशी हुनुहुन्छ ?
एकदम खुशी छौँ, तर अझै पानीको समस्या छ । यो चर्पीलाई त भैँसी भन्दा पनि बढी पानी चाहिँदो रहेछ । अहिले त लुगा धोएको पानी बस्तुलाई र साग पखालेको पानी चर्पीमा हाल्ने गरेका थियाँै ।

चर्पी बनेपछि के सजिलो भयो ?
राती राती बाहिर दिशा बस्न जानुपर्थो । बुढा सासुआमा, ससुरालाई अप्ठयारो हुन्थ्यो । बालबच्चालाई पनि राती बाहिर जानुपर्दा समस्या हुन्थ्यो । अहिले सजिलो भएको छ ।

नहुँदा के गर्नुहुुन्थ्यो ? के समस्या थियो ?
अस्थाई ट्वाईलेट बनाएका थियाँै । छिमेकीहरु त पाखातिर जान्थे । पाहुना आउँदा आपत पथ्र्यो । जेठान, सुसुराले देख्छन् की भन्ने हुन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0