Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

२६ बर्षे युवाको समाजसेवी मन पैसा हैन नाम कमाउने अभियानमा

प्रभातफेरी अनलाइन २१०९ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २४, मंगलबार (१३ साल अघि)
२६ बर्षे युवाको समाजसेवी मन पैसा हैन नाम कमाउने अभियानमा

उनले फेसबुकमा एउटा तस्वीर पोष्ट गरेका छन् । तस्वीरमा लेखिएको छ । यस्तो काम गर, जसले पैसा हैन, नाम कमाइयोस् । आफ्नो जीवनलाई नै यही अनुरुप सञ्चालन गर्ने सोच बनाएर नै होला सायद, उनी पैसा हैन नाम कमाउने अभियानमा लागेका छन् ।

२०४४ साल जेठ १७ गते कोशिपारीको माँदनकुडारीमा जन्मेका डा. देवेन्द्र गौतम अहिले उमेरले २६ बर्ष भए । पेशाले चिकित्सक उनको यो उमेर काम गरेर पैसा कमाउने हो, तर उनी पैसा हैन समाजमा नाम कमाउने अभियानमा लागेका छन् । पैसा मानवीय आवश्यकता हो भन्ने उनले बुझेका छन्, तर सबैथोक पैसा नै हो जस्तो लाग्दैन उनलाई । मानिसहरु आर्शिवाद दिँदा समेत डाक्टर इञ्जिनियर भएस्, पैसा कमाएस् भन्छन्, कमाउन सक्ने पेसामा लागेका उनको मन भने सकेसम्म जीवनभर ग्रामिण भेगका जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने छ ।

कोशिपारीको माँदनकुँडारीमा जन्मेका उनले जिन्दगीमा धेरै दुख कष्ट बेहोरेका छन्, धेरै अभाव झेलेका छन् । गोजीमा चिउरा हालेर पानी र चिउरा खाएको धेरै अनुभव छन् उनीसँग । मिहेनत, धैर्यता, संघर्ष र सकरात्मक सोचले आज उनी जुन स्थानमा पुगेका छन्, आफुले जस्तै दुख अरुले भोग्नु नपरोस् भनेर उनी लागेका छन् , समाजसेवामा ।

आफ्नो घर अगाडी आएर गाडीले गियर चेञ्ज गर्दा उनी सोच्थे, किन यो गाडीले सधैँ मेरै घर अगाडी आएर गियर फेर्छ । उनको बाल मस्तिष्कमा सधैँ यो परिरह्यो । त्यसैले उनले गाडी चढ्ने आकंक्षा पाले । तत्काल त्यो सम्भव त थिएन, तर समय र परिस्थतीले उनलाई कार चढ्ने बनाइदिएको छ ।

उनले आफु र आफ्नो जन्म दिने बाबु जन्मेको कोशिपारीको कात्तिकेदेउरालीमा निशुल्क स्वास्थ्य शिविर गरे, आफ्नै नेतृत्वमा । १३ सय ३० जनाले स्वास्थय सेवा लिए शिविरमा अनि आर्शिवाद दिए , “बाबुको जय होस्, सबै काममा सफल भएस् । ” धेरैले सोचे, हाम्रो छोरो पनि देवेन्द्र जस्तै भैदिए भए हुन्थ्यो । उनी आफ्नो शिविरको सफलताबाट हौसिएका छन् । यसअघि वीर अस्पतालमा निशुल्क ६ महिनास्वास्थ्य सेवा गरेका यी डाक्टर फेरी छिट्टै निशुल्क सेवा गर्ने सोचमा छन् । उनले आजभोली नै कुनै अस्पतालमा निशुल्क स्वास्थ्य सेवा दिन थाल्नेछन् ।
डा. देवेन्द्रका जीवनका अनेकन पाटाहरु छन् । उनको दुखको, संघर्षको एउटा कथा नै बन्छ । उनको कथा कसैको लागि प्रेरणाको स्रोत पनि बन्न सक्छ । धेरै यु्वा जो अहिले प्रेम, यौन, धनसम्पतिलाई नै महत्व दिइरहेका छन्, यी सबैको लागि प्रेरणाको स्रोत बन्न सक्छन् , गौतम । एक मध्यान्न उनी आफ्नो संघर्षको कथा सुनाउँदै थिए, समाजसेवालाई आफ्नो आगामी बाटो बनाउने लक्ष्यमा रहेका गौतम धेरै पटक भावुक बने । जीवनका धेरै उत्तरार्धहरु सुनाउँँदा उनका आँखा कयन पटक रसाए । जीवनका भोगाई, जसले उसलाई प्रेरणा दियो, यो स्थितीमा ल्यायो, ती भोगाई उनले यसरी पोखेका छन् ः

 

दुखका ती दिनहरु
२०४४ सालमा जन्मिएको हुँ । २०४७ सालमा ३÷४ बर्षको उमेरमा नै पाँचखाल गयौँ । ४ कक्षासम्म नवप्रतिभा इंगलिस स्कुलमा पढेको हुँ । त्यसपछि एकैपटक गोल्डेन फ्युचर उमाविमा पढेँ । कक्षा जम्प गरेकाले ७ र ८ कक्षा दुवैमा फेल भएँ । हजुरआमाले स्कुलमा नै गएर आग्रह गरेपछि विद्यालयका आन्तरिक परिक्षामा फेल भए पनि पास गरिदिनुभयो सरहरुले । साथीहरुले फेल भएको भनेर खिस्याउथेँ । एक जना सरले त फेल भइस् भनेर मुखमा थुकिदिनु भएको पनि छ । यही कारण पढाईमा मिहेनत गरे लागियो । मलाई पढाईमा केही गर्नुुपर्छ जस्तो लाग्यो । एसएलसीमा भने विद्यालय भरीमा नै तृतीय भए ।

२०३४ सालमा नै बुुबा काठमाण्डौँ आउनुभयो । म, ममी, भाइ र हजुरआमा पाँचखालमा नै बस्यौँ । ती नै मेरा कष्टका दिनहरु थिए । स्कुलमा पानी बोकेर पकेटमा चिउरा बोकेर पनि खाएका छौँ । बुबा व्यापारको सिलसिलामा पाँचखाल हुँदै वाह्रविसे जानुहुन्थ्यो । बुबालाई भेट्न धेरै दिन कुरेर बसेको छु । कुन दिन बुबा आउनुहोला र आफुले लेखेका राम्रा अक्षरहरु देखाउ भनेर धेरै दिन कुरेर बसेको छु । (उनी यतिवेला भावुक देखिए । ) हामीलाई कतिपटक फि तिर्न समस्या पनि भयो । दुख र कष्टका साथ एसएलसी पास गरियो ।

आज म यो स्थानमा आउन यता ममीको ठूलो योगदान छ । एसएलसीको परिक्षाको नतिजा राम्रो भएको कारण मैले काठमाण्डौँ आउन पाएँ, मैले मेरो परिवारलाई म सही थिए भनेर बुझाउन सके । त्यसदेखि नै मैले बुबा र ममीको न्यानो माया पाएको छु ।

एसएलसीको नतिजा नै मेरो जीन्दगीको “टर्निङ प्वाइन्ट” बन्यो । उच्च मावि भने ह्वाइटहाउसमा पुर्ण छात्रवृतिमा पढेको हुँ । १ बर्ष अगाडी बंगलादेशबाट एमविविएसको पढाई पुरा गरेको छु । बुवाको अंकललाई डाक्टर बनाउने इच्छा थियो । अंकलले आर्थिक अभावकै कारण डाक्टर बन्न सक्नुभएन, बुबाको इच्छा मैले पुरा गरेकोमा उहाँ खुशी पनि हुनुहुन्छ । बुबाले धेरै आर्थिक कठिनाई पनि भोग्नुभयो, धेरै दुख र संघर्ष गर्नुभएके छ यो स्थितीमा आउनलाई । आजभोली हामी राम्रै आर्थिक हैसियतमा छौँ ।

ममी, बुवा र भाइ प्रज्वल, राजेन्द्र र बहिनी प्रनिशाको ठूलो सहयोगको कारण म पनि आज यो स्थानमा छु । परिवारको सपना साकार गर्न मैले अझै धेरै गर्नुछ । न्युरो सर्जन बन्ने धोको छ ।

 

साथीहरुका ती व्यवहारहरु

शहरीया भएकै कारण होला सायद, गाँउबाट भर्खर आएको मलाई धेरै साथीले हेप्थे । म सँग धेरै त्यस्ता अनुभवहरु पनि छन् । होस्टेलमा बस्दा १ जना साथीले २ हजार पर्ने जुत्ता किनेर ल्यायो । उनलाई ५ हजारको जुत्ता मन परेको थियो । पैसा अभावमा त्यो साथीले पनि २ हजारकै जुत्ता किन्यो । मैले साथीलाई जुत्ता हेर्न भने तर उसले मेरो बेइज्जत गर्यो । “त पाखेले किन हेर्नुपर्यो, तेरो हैसियत के छ ? ” साथीको यो बचन मेरो मनमा विझ्यो । पछि मैले साथीलाई मन परेको जुत्ता ५ हजारमा किनेर नै लगाए र त्यो साथीलाई मेरो हैसियत देखाइदिए ।

कलेजमा नै अर्को घटना भयो । साथीले सिविजेड बाइक ल्याएको थियो । मैले माँगे तर उनले फेरी हैसियतको कुरा गर्यो । “पछि मैले नेपालमै पहिलो पटक आएको करिज्मा बाइक किनेर कलेजमै लगेर उसकै अगाडी चलेर देखाइदिएँ । ” साथीको इखले गर्दा ममिलाई स्कुटर र मलाई बाइक किन्न गएका थियौँ, मलाई मात्रै २ लाख १० हजार पर्ने करिज्मा बाइक किनेर फर्र्कियौँ ।

साथीहरुले कन्सर्ट हेर्न जाऔँ भने । बल्खुमा कन्सर्ट थियो । गाडीको लागि भाडा समेत थिएन । कताबाट एउटा साथीले ५ रुपैँया त दियो तर मम खान म सँग पैसा नभएकाले साथीहरुले अलग्गै राखिदिए । तर आजभोली ती साथीहरुलाई मैले धेरै पटक पार्टी दिइसकेको छु । एक पटक एक जना केटी साथीको फोटो खिच्दा उनले मेरो क्यामेराको रिल नै पाmलिदिइन् । तर आजभोली हामी दुई जना राम्रा साथीका रुपमा छौँ । गितार सिकाउन भन्दा साथीले त जस्ताले के गितार सिक्छस् भनेर बचन लगायो । पछि त्यही साथी म सँग गितार सिक्न आउनुपर्यो ।

साथीहरुबाट चोट र ठेस पाएका कारण पनि मलाई मोवाइल, बाइक, खानेकुरामा शोख छ । ईखले गर्दा पनि मेरो जीवनमा यो परिवर्तन भएका हुन् जस्तो लाग्छ । म सधै सही थिए । म सही भएको कुरा सबैलाई बुझाउन सकेकै कारण म यो स्थानमा छु जस्तो लाग्छ ।

 

ती रमाइला बदमासी

सानो उमेरमा साह्रै चकचके थिए । जानी नजानी धेरै बदमासी समेत गरियो । बच्चामा १ हजार चोरेर फुपुको छोरा म भृकुटीमण्डपमा आएर दिउस भर रमाइलो पनि गर्यौ । घुँडामा घाउ पनि लागेको थियो । घर फर्कदा हजुरआमाले पाँचखालबाट तिनपिप्ले सम्म लखेट्नु भएको अझै सम्झन्छु । घरमा दराजमा थोरै भएपनि पैसा राखेको हुन्थ्यो । दराजको साँचोमा हुप पनि राखेको हुन्थ्यो । काँडा विजेको छ भनेर आमालाई भुक्याउँदै दराजको पैसा पनि चोरियो । साथीले टाई किन्नको लागि १५ रुपैँया ल्याएको रहेछ । उससँग अंगालो मारेको जस्तो गरेर साथीको गोजीमा रहेको १५ रुपैँया चोरेर भाइले र मैले खाजा खायौँ । विद्यालयमा पैसा हराएको चर्चा त भयो तर मैले चोरको भन्ने साथीले सम्म शंका गर्न सकेन । स्कुल पढ्दा खेलकुदमा कुनै रुचि थिएन । खेले पनि कुनैमा जितिदैनथ्यो । आफु पढेको स्कुलको हेडसरको हस्ताक्षर चोरेर प्रमाणपत्र बनाउँदा सजाय पाएको छु । टयाङकीमा खसेको र च्यातिएको दुई रुपैँया जोडेर ८ वटा पुस्टकारी किनेर खाएका छौँ ।

 

दयालु देवेन्द्र

आफ्नाृ बाल्यकालमा दुख कष्ट सहेकाले अरुको दुख देख्न सक्दिन । अरुलाई सहयोग गर्ने बानी छ । हालै स्वास्थ शिविरमा समेत प्रभा उच्च माविको विद्यालयललाई स्टेश्नरी, खेलकुदका सामाग्री सहयोग समेत गरेँ । “पहिला लेख्नलाई कपी कलम पाइन, आज मैले १ हजार ओटा त कलम नै बाँडे । दरवारमार्गमा एउटा सामान किनेर ५० को नोट दिँदा ३६ रुपैँया फिर्ता आयो, सडक बालबालिकालाई देखे, चक्लेट किने र खाने कोही छ भनेर सोधेँ । सबै जना म भएको ठाँउमा आएर झुम्मिए, ती सडक बालवालिकाले घेरे । खाजा खान एक होटेलमा गएर मम र फिंगर चिप्स अर्डर गरेको थिएँ । के सोचेँ, बाहिर आएर सडक बालवालिकालाई बाँडिदिएँ । वंगलादेशमा पढाईको सिलसिलामा पनि एक परिवारलाई सहयोग गरेको छु । ५० बर्षीय एक बृद्ध महिलाको ४ बर्षको छोरा थियो । उनको श्रीमान्लाई गोली हानी हत्या गरिएको थियो । बसुञ्जेल उनलाई छात्रबृतिमा सहयोग गरँे । परिवारको आर्थिक स्थितीका लागि पनि मैले सहयोग गरेँ । उनको सहयोगी भावनाकै कारण धेरैले बंगलादेशमा उनलाई सोध्थे । नेपालमै रहँदा साथीहरुको आग्रहमा उनी एक रेष्टुरेन्टमा पुगेको थिएँ । त्यहाँ कुनै खराव नियत देखाएनन्, बरु सिन्धुपाल्चोकको चौतारा घर बताउने एक महिलालाई उद्धार गरे । उसलाई कस्मेटिक पसल राख्न सहयोग गरिदिएँ उनको आर्थिक स्थिती कमजोर भएको कारणले । पछि ती महिलाले उनको खुट्टामा नै ढोग्न खोजिन् । अहिले पनि उनले आफ्नो व्यवसाय सञ्चालन गरिरहेकी छिन् होला । एक आर्थिक विपन्न महिलालाई सहयोग गर्न पाएकोमा म अझै पनि गर्व महशुस गर्छु ।

 

प्रतिभावान पनि

४ वाट एकै पटक कक्षा ७ मा जम्प गरेका कारण त्यो कक्षामा केही समय कमजोर देखिएँ । तर मैले फेरी पनि मिहेनत गरेँ । अन्य कुरामा पनि चासो र रुची छ ।

वंगलादेशमा हुँदा एक म्यागेजिनको प्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्तिय अधिकृत भएर काम समेत गरेँ । त्यहाँ अध्ययनरत्त नेपाली विद्यार्थी संघको प्रकाशन “संगम”, जुन २५ बर्षदेखि १३ अंक प्रकाशित भएको थियो, त्यसलाई विभिन्न कलरमा ५ सय प्रति निकाल्यौँ । यसका लागिे १ लाख रुपैँया संकलन पनि गरियो । वंगलादेशमा नै रहँदा आफु भन्दा जुनियर ४ बर्षका विद्यार्थीलाई एनाटोमी विषय पढाएँ । वंगलादेशमा मलाई “भिसेरा किंग” को रुपमा चिन्छन् । गितारको लाइभ पर्फमेन्स दिएको छु । कक्षा १० मा पढेको सबै साहित्यकारको जन्म र मुत्यु मिति कण्ठै छ । धेरैका मोवाइल नम्वर कण्ठै छ ।

 

अवको बाटो समाजसेवा

वाल्यअवश्थामा धेरै दुख कष्ट बेहोरेकाले आफ्नो जस्तो दुख अरुले नभोगुन् भनेर समाजसेवामा लागेको हुँ । “मैले पाएको जस्तो दुख अरुले भोग्न नपरोस् ” समाजसेवामा नै लाग्ने उनको सोच उनले यसरी सुनाए । अव उनी स्वास्थ्य, शिक्षाको क्षेत्रमा सहयोग जुटाउने अभियानमा लाग्ने बताउँछन् । यसका लागि उनलाई सबै पक्षको सहयोगको आवश्यता छ । उनी परिवारको सहयोग र साथको अपेक्षा समेत गर्छन् । भन्छन्, “म जुन ठाँउमा छु, यो परिवारकै कारण हो, यसमा ममीको देन म भुल्न पनि सक्दिन । ” उनलाई यो अवश्थामा पु¥याउन खेलेको योगदान सम्झेर होला सायद, छुट्टिने बेलामा उनले भने, “ममी त मेरो लागि भगवान हो भनेर लेखिदिनुस् है । ”

 

(नगेन्द्र अधिकारीसँगको कुराकानीमा आधारित )

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0