Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

कृषि पेशालाई व्यवसायिकरण गर्ने प्रयास

प्रभातफेरी अनलाइन ३५ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार (२ महिना अघि)
मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

काभ्रेपलाञ्चोक/ किसानहरु कृषि पेशाबाट पलायन हुने क्रम बढेका बेला काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडानम्बर ८ मा रहेको मध्यमार्ग कृषि सहकारी संस्थाको समन्वय र पनौती नगरपालिकाको कृषि शाखाको साझेदारीमा ३५ जना किसानहरुलाई १ सय ३६ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ ।

सोमबार पनौतीमा आयोजित एक कार्यक्रमका बीच टनेल वितरण गरिएको हो । पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जारा र संस्थाका अध्यक्ष प्रदीप केसी बञ्जाराले कृषकहरुलाई टनेल वितरण गर्नुभयो । टनेल वितरण गर्दै उपप्रमुख बञ्जाराले पनौती नगरपालिकामा तरकारी प्रवद्र्धन कार्यक्रमका लागि आएको अनुदान हरेक किसानले एक पटक पाउने गरि नगरपालिकाले वितरण गरिरहेको बताउनुभयो । नगरपालिकाले विगतमा ०७६ सालदेखि यस्तो सहयोग गरिरहेको जानकारी दिनुहुँदै नगरका किसानलाई विभिन्न तालिमहरु प्रदान गरिरहेको र यसलाई निरन्तरता दिइने बताउनुभयो । नगरका १२ वटै वडामा तरकारी खेतीका लागि विभिन्न कार्यक्रमहरु ल्याइरहेको उहाँले जानकारी दिनुभयो । किसानहरुका लागि दूधमा पनि अनुदान दिइरहेको र तरकारी खेतीमा लागेका किसानलाई प्रोत्साहन गरिने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका कृषि प्राविधिक सम्झना लिंखाले नगरपालिकाको ५० प्रतिशत अनुदानमा टनेल वितरण गरिएको बताउँदै यसलाई राम्ररी सदुपयोग गर्न किसानहरुलाई अनुरोध गर्नुभयो । उहाँले यसका लागि नगरपालिकाले बेलाबेलामा अनुगमन गर्ने पनि बताउनुभयो । संस्थाका अध्यक्ष प्रदीप केसी बञ्जाराले संस्थाले यस कार्यक्रमका लागि नगरबाट प्राप्त २ लाख २४ हजार ९सय अनुदान आएको र यति नै रकम किसानहरुबाट लगानी गरिएको जानकारी दिनुभयो । आफ्नो संस्था बिशुद्धरुपमा कृषक केन्द्रीत रहेको बताउँदै उहाँले रासायनिक मल उपलब्ध गराउनेदेखि किसानहरुका लागि आवश्यक हरेक गतिविधिहरुमा आफूले सकेको सहयोग गरिरहेको बताउनुभयो ।

अनुदानमा पाइएको टनेललाई सदुपयोग गर्ने र यसबाट सकेको फाइदा लिन आफूले के कसरी काम गर्नुपर्ने हो भन्ने बारेमा नगरपालिका र मध्यमार्ग कृषि सहकारीसँग सल्लाह र सहयोग लिने स्थानीय कृषक सुभद्रा बञ्जाराले बताउनुभयो । ‘मध्यमार्ग नभएको भए त हामीले खेती गर्नै नसक्ने रहेछौं । संस्थाले मल, बीउ र अन्य सहयोग धेरै नै गरेको छ । यसका लागि धेरै धेरै धन्यवाद ।’ – उहाँले भन्नुभयो । अर्की किसान स्वस्तिका बञ्जाराले पनि संस्थाले सहयोग गरेर अनुदानमा पाएका सामाग्रीको आफूले सदुपयोग गर्ने बताउनुभयो । ‘गाउँमै कमाउने, गाउँमै रमाउने’ नारासहित आफ्नो संस्था किसानको हितमा लागिरहने संस्थाका अध्यक्ष बञ्जारा बताउनुहुन्छ ।

कार्यक्रममा सहभागि किसानहरुले उत्पादनको उमित मूल्य नपाएकोमा गुनासो गरेका छन् । किसानले उत्पादन गरेका तरकारी लगायत अन्य उत्पादनको मूल्य लागत मूल्यभन्दा पनि कम भएकाले घाटा व्यहोर्नुपरेको उनिहरुको गुनासो । यतिबेला काभ्रेपलाञ्चोक जिल्लामा आलु खन्ने बेला छ । जिल्लाको पाँचखाल मण्डनदेउपुर, पनौत बनेपा लागयतका स्थानमा आलुको खेती हुने गरेको छ । आलुको पकेट क्षेत्र भएकाले पनि आलु धेरै उत्पादन हुने गर्दछ । तर यसपटक किसानले लागत मूल्य भन्दा पनि कम मूल्यमा आलु बिक्री गुर्नपरेको हो । यतिबेला किसानले खेतबाट ११ रुपयाँ देखि १५ रुपयाँ प्रतिकिलोमा आलु बिक्री गरिरहेका छन् । सस्तो मूल्यमा आलु बिक्री गर्नपनि भनेका बेला व्यापारी पाउने कठिन रहेको उनिहरुले बताएका छन् । यहाँ आलु उत्पादन गर्न प्रति किलो १५ देखि २० रुपयाँ खर्च हुने गरेको छ । भण्डारणको उचित प्रबन्ध नभएको र कृषि उत्पादनमा आधारित उद्योगहरु नभएकाले पनि किसान सस्तोमै आफ्ना उत्पादनहरु बिक्री गर्न बाध्य छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • रास्वपा बागमती प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

    रास्वपा बागमती प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

  • सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

    सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

  • पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

    पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

  • बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

    बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    रास्वपा बागमती प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

    रास्वपा बागमती प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

    सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

    सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

    पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

    पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

    टुक्का साहित्य

    टुक्का साहित्य

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution