Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चलचित्रमा मुस्कान छर्दै काभ्रेली निर्देशक मुस्कान

प्रभातफेरी अनलाइन २५१४ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २४, मंगलबार (१३ साल अघि)
Post Thumbnail

-अमरकृष्ण चन्द
नेपाली कलाक्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको काभ्रेली भूमिले कलाक्षेत्रलाई एउटा अर्को प्रतिभा दिएको छ मुस्कान ढकालको नाममा । चलचित्र क्षेत्रमा व्यस्त र सम्भावना बोकेका नामको रुपमा निर्विकल्प लिइने नाम हो मुस्कान ।
आमनेपाली यूवाहरु झैं चाँडै नै नाम र दाम कमाउने उद्धेश्यले कलाक्षेत्रमा पाइला चालेका मुस्कान आफूलाई कलाक्षेत्रमा स्थापित गराउन प्रयासरत छन् । आफूलाई सफल चलचित्र निर्देशकको रुपमा चिनाउन चाहने उनले २०५७ सालदेखि कलाक्षेत्रसंग साइनो गाँस्न पुगेका हुन् ।
काभ्रे जिल्लाको बालुपाटी गाविस.मा करिव छब्बिस वर्ष अगाडि गोविन्द प्रसाद र चित्रकुमारी ढकालका पुत्ररत्नको रुपमा यस धर्तिमा आँखा उघारेका उनी छोटो समयमा नै आफ्नो काम प्रतिको लगन र मेहेनतले गर्दा चलचित्र क्षेत्रको एउटा इँटाको रुपमा आफूलाई उभ्याउन सफल भइसकेका छन् ।
छोटो समयमा नै आफ्नो प्रतिभालाई दर्शक सामू पस्किसकेका मुस्कानले तीन वटा म्युजिक भिडियो, करिब डेढ दर्जनको हाराहारीका चलचित्रहरुमा अभिनय गरि आफ्नो अभिनय कला देखाईसकेका छन् भने पाँच वटा लोक दोहोरी गीतमा शब्द, संगीत र स्वर दिई आफ्नो गायन कलालाई समेत आम नेपाली लोक दोहोरीका पारखी श्रोताहरु माझ पु¥याई उनीहरुको मनको कुनामा समेत आफूलाई राख्न सफल भइसकेका छन् ।
जीवनका भोगाइका यात्राहरुलाई अन्तरमनबाट प्रस्फुटन गरि सहज ढंगबाट प्रस्तुत गर्नुलाई अभिनय र समाजका तीता यथार्थलाई आम जनमानसले बुझ्ने शैलीमा प्रस्तुत गर्न सक्नुलाई कला मान्ने उनले पाँच वटा म्युजिक भिडियो, पाँच वटा टेलिचलचित्रमा निर्देशन गरिसकेका छन् । त्यस्तै करिव पाँच दर्जन भन्दा बढी चलचित्रहरुमा सह निर्देशकको रुपमा काम गरिसकेका छन् ।
नायकमा आर्यन सिग्देल, नायिकामा निरुता सिंह र गरिमा पन्त मन पराउने मुस्कानको मन पर्ने निर्देशक उनै चर्चित निर्देशक शिव रेग्मी हुन् भने उनलाई आफूले काम गरेका चलचित्रहरु मध्ये मनले मनलाई छुन्छ औधि मन पर्छ रे ।
उनले बिताएका कला क्षेत्रको दश बर्ष बारे प्रश्न गर्दा उनी भन्छन्–“ चलचित्र क्षेत्रमा खासै प्रगति भएको छैन । कथा तीनै हुन् , मात्र प्रस्तुति मात्र फरक छ । नयाँ सोच र जोस जाँगर बोकेर आएका थुप्रै प्रतिभाहरु छन् तर उनीहरुलाई चलचित्र उद्योगले सहि सदुपयोग गर्न सकेको छैन । ” सहि प्रतिभा सहि चलचित्रको चरित्रमा उतार्न सके नेपाली चलचित्र यद्योग धेरै अगाडि बढ्न सक्ने मुस्कान बताउँछन् । जुन कलाकारको बजार छ तीनै कलाकारलाई जबरजस्ती जुनसुकै भूमिकामा चलचित्रमा उतारिदिँदा चलचित्रको स्तर खस्किन पुगेको उनको ठम्याई छ ।
चर्चा कमाउनको लागि मात्र हैन कलाक्षेत्रलाई पनि केहि दिन्छु भन्ने मान्यता बोकेर नयाँ कलाकार, प्रविधिक तथा निर्माता निर्देशकले यस क्षेत्रमा हात हाले नेपाली चलचित्र उद्योगले अन्तर्राष्ट्रिय चलचित्र उद्योगसंग सजिलै प्रतिष्पर्धा गर्न सक्छ भन्ने ठोकुवा गर्ने मुस्कान राम्रो चलचित्र बनाउन कुनै कुरामा पनि कम्परमाइज गर्न नहुने बताउँछन् ।
यस क्षेत्रमा आउन चाहने नयाँ प्रतिभाले पनि यस क्षेत्रलाई राम्ररी बुझेर केहि सिक्न होईन केहि दिन्छु भनेर आफै सबल र सक्षम भएर आए अझ सुनमा सुगन्ध हुन्छ भन्ने उनी चाकडी, चाप्लुसी, नातावाद, कृपावादले यस क्षेत्रमा पनि जरो गाडिसकेकोले यसको अन्त्यको लागि पनि स्वयम यस क्षेत्रका अगुवाहरुले सोच्नुपर्ने बेला आईसकेको उनी बताउँछन् ।
नेपाली फिल्म धेरै बन्छन्, धेरै निर्देशकहरु इन्डस्ट्रीमा छन् । निर्माताले पैसा चोरेर ल्याउने हैन । त्यसैले परिपक्व र सक्षम निर्देशकलाई लिएर, इन्डस्ट्रीलाई गुण्स्तरीय फिल्म दिन सक्ने निर्देशकलाई लिएर नेपाली चलचित्र उद्योगको बिकासको लागि ग्लामरस मात्र नपस्की सपरिवार बसेर हेर्न सक्ने चलचित्र बनाएर प्रत्येक नेपालीले नेपाली चलचित्र हेर्ने र माया गर्ने वातवरण निर्माणमा सम्पूर्ण चलचित्रकर्मी लागिपर्नुपर्ने टड्कारो आबश्यकता रहेको मुस्कान बताउँछन् ।
थुप्रै प्रतिभाका धनी मुस्कान हालका व्यस्त एवं चर्चित निर्देशक शिव रेग्मीका मुख्य सहायकका रुपमा थुपै्र चलचित्रहरुमा व्यस्त छन् । उनी ठूला र राम्रा बजेटका चलचित्रमा पहिलो रोजाइमा पर्ने गर्छन् उनी चााडै नै आफ्नो एकल निदैृशनमा चलचित्र निर्माण गर्ने तयारीमा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0