Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डुङ्गा चलाउनेको पेशा संकटमा

प्रभातफेरी अनलाइन २२०८ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २९, सोमबार (१३ साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी ÷ दोलालघाट
काभे्र र सिन्धुपाल्चोक जिल्लाको सिमाना दोलालघाट स्थित सुनकोशी र इन्द्रावती नदीमा वर्षौं देखि डुङ्गा खियाएर जिविका चलाउँदै आएकाहरुको पेशा अहिले संकटमा पर्न थालेको छ । विभिन्न कारणहरुले दोलालघाटमा पछिल्ला दिनहरुमा पर्यटकहरुको संख्या घट्दै गएको र नदीमा पक्कि र झोलुङ्गे पुलहरु समेत बनेकाले उनीहरुको पेशा संकटमा परेको हो ।
पुल नहुँदा खोला तर्नको लागि डुङ्गा चढ्नुपथ्र्यो तर अहिले अनुभव लिनकै लागि र मनोरञ्जनको लागि केहीले मात्रै डुङ्गा चढ्ने गरेका छन् ।पहिले–पहिले यहाँ डुङ्गा चढ्न आउनेहरुको भिड नै लाग्ने गरेको भएपनि अहिले शुन्यप्रायः भएको उनीहरु गुनासो गर्छन् । यहाँ छिमेकी गाउँहरु भिमटार, सापिङ्ग, सिरुबारी, आँपचौर, तथा कोशिपारीका करिब ३० परिवार माझि र दनुवार समुदायका वासिन्दाहरु अहिले पनि प्रत्यक्षरुपमा यसमा संलग्न रहंदै आएका छन् । दिन भरि कुर्दा पनि कहिले त सय रुपैयाँ कमाउन पनि मुस्किल पर्ने गरेको सुनकोशी किनारमा भेटिएका भक्तबहादुर माझीले बताए । प्रायजसो  शनिबार भने पिकनिक आउनेहरुको संख्या बढ्ने भएका कारण त्यो दिन अरु दिनको तुलनामा केहि राम्रो कमाई हुने गरेको उनको भनाई छ ।
दोलालघाटमा डुङ्गाबाट पहिले जस्तो कमाई हुन छाडे पछि यसमा संलग्न मध्ये धेरैले पेशा नै छोडि सकेका छन् । पेशा छोडे पनि उनीहरुका लागि वैकल्पिक काम नभएकोले उनीहरुहरु अहिले बेरोजगार भएका छन् । पेशा अंगाल्दै आएकाहरुको पनि आफ्नै समस्या छ । डुङ्गा बनाउनका लागि सिमलको रुख आवश्यक पर्ने र यस्ता रुखहरुलाई सरकारले कटानमा प्रतिबन्ध लगाएका कारण पनि उनीहरुलाई समस्या उत्पन्न भएको यही पेशामा संलग्न रामकृष्ण माझि बताउँछन् । ‘अहिले भन्दा करिब पन्ध्र वर्ष अगाडि यहाँ डुङ्गा चढ्न आउनेहरुको ठुलैभिड लाग्ने गरेकाथियो ।’ पहिलेको कुरा सम्झदै उनी भन्छन् –“ अब हाम्रा आगामी पुस्ताका लागि डुङ्गा भनेको एकादेशको कथा जस्तो हुने सम्भावना वढेको छ।” उनले गुनासो गरे ।
यहाँ डुङ्गा चढेको उनीहरुले प्रति व्यक्ति वीस देखि तीस रुपयाँ सम्म लिने गरेका छन् । नदी किनारमा डुङ्गा चलाउन उपयुक्त वातावरण मिले पनि व्यवसाय खस्किदै गए पछि उनीहरुमा एकातिर आर्थिक संकट छदैछ भने अर्कातिर परिवार कसरी पाल्ने भन्ने चिन्ता पनि थपिएको छ । ‘डुङ्गा चलाउन जाऊँ भने आम्दानी कम हुन्छ ,नजाऊँ भने अर्को वैकल्पिक काम छैन । कसरी जिविका चलाउने ?’ रामकृष्ण प्रश्न गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0