प्रभातफेरी अनलाइन ४४ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार (४ घण्टा अघि)
काभ्रे / नेपाल पत्रकार महासंघ काभ्रे शाखाको बार्षिक साधारण सभालाई सम्बोधन गर्न काभ्रेको व्यापारीक नगरी बनेपा आउनु भएका केन्द्रिय अध्यक्ष निर्मला शर्माले दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक नरहेको भन्दै सरकारले सञ्चार क्षेत्रमाथि लगाएको अंकुश, आर्थिक नियन्त्रण र विज्ञापन नीतिमा गरिएको एकाधिकारका विरुद्ध पत्रकार महासंघ देशैभर सशक्त प्रतिवादमा उत्रिन तयार रहेको बताउनुभएको छ ।

उहाँले सरकारले विज्ञापन र सूचनामा केन्द्रिकृत नियन्त्रण गर्दै सरकारी सञ्चार माध्यमलाई मात्र प्राथमिकता दिने गरी जारी गरिएको परिपत्र असंवैधानिक र विभेदकारी भएको दाबी गर्नुभयो । “संविधानले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई दिएको अधिकार केन्द्र सरकारले खोस्न मिल्दैन,” उहाँले भन्नुभयो, “स्थानीय तह र प्रदेशले स्थानीय सञ्चारमाध्यमलाई दिने विज्ञापन रोक्नु प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप हो ।” भएको पनि खुलासा गर्नु भयो ।

अध्यक्ष शर्माले महासंघ अहिले इतिहासकै कठिन मोडमा पुगेको उल्लेख गर्दै जेठ ७ गतेदेखि देशभर सुरु गरिएको हस्ताक्षर अभियान एक सातासम्म निरन्तर चल्ने जानकारी दिनुभयो । उहाँका अनुसार महासंघले प्रधानमन्त्री, सञ्चारमन्त्री र सभामुखलाई ध्यानाकर्षण गराइसकेको स्मरण गराउनु हुदै यो सरकार समस्या समाधान तर्फ नगए थप सशक्त आन्दोलनमा जाने तयारीमा रहेको पनि सम्बोधनका क्रममा बताउनु भएको छ ।
सम्बोधन कै क्रममा अध्यक्ष शर्माले रोकिएको लोककल्याणकारी विज्ञापनको रकम फुकुवा भए पनि आगामी बजेटमा यसको निरन्तरताप्रति अझै आशंका कायम रहेको बताउँदै निरन्तर खबरदारी आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै, प्रेस काउन्सिल नेपाल नेतृत्वविहीन अवस्थामा रहेको र राज्यले पत्रकारहरूलाई दबाबमा पार्ने तथा समाचार स्रोत खुलाउन बाध्य पार्ने प्रवृत्ति बढ्दै गएकोप्रति उहाँले गम्भीर चिन्तासमेत व्यक्त गर्नुभएको छ ।
अध्यक्ष शर्माले पछिल्लो समय २०६२/६३ को जनआन्दोलन अघिको भन्दा पनि कठोर रूपमा मिडियामाथि दबाब बढेको दाबी गर्दै अब महासंघले केवल ज्ञापनपत्र र वार्तामात्र नभई साधारण सभा लगत्तै निर्णायक सडक आन्दोलनमा जाने तयारी गरेको उद्घोष गर्दै तयारी अवस्थामा रहन जिल्ला शाखालाई आग्रह समेत गर्नु भएको छ ।
उहाँले श्रमजीवी पत्रकारहरू बेरोजगार हुने र सञ्चारमाध्यम बन्द हुने अवस्था बढ्दै गएको उल्लेख गर्दै दलगत घेराभन्दा माथि उठेर लोकतन्त्र र संविधान रक्षाका लागि सबै पत्रकार एक हुन आह्वान गर्नुभएको छ ।
सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रभावबारे बोल्दै अध्यक्ष शर्माले भ्रमपूर्ण सूचना (misinformation/disinformation) का कारण मूलधारका मिडियाको विश्वसनीयता संकटमा परेको बताउनुभएको छ । सामाजिक सञ्जाल र पत्रकारिताको सामग्री एउटै जस्तो देखिन थालेपछि पत्रकारिताको मूल मूल्य नै कमजोर हुने खतरा बढेको उहाँको थप भनाइ थियो ।
अध्यक्ष शर्माले नयाँ प्रविधि र डिजिटल पत्रकारिताको चुनौती सामना गर्न पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिम र स्पष्ट नीति आवश्यक रहेको बताउनुभएको छ ।
कन्टेन्ट क्रिएटरहरूलाई पनि जिम्मेवार बनाउन राज्यले ठोस नीति ल्याउनुपर्ने र उनीहरूलाई समेत पेशागत दायराभित्र ल्याउन महासंघ तयार रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।
कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले पत्रकारहरूको पेशागत हकहित, प्रेस स्वतन्त्रता संरक्षण र संस्थागत सुदृढीकरणका विषयमा गम्भीरताका साथ चासो दिनु अवस्था आएको जिकिर गर्दै रास्टिय राजनिती संगै घुलित अवस्थामा पुगेको संक्रमित भएको खुलासा गर्नु भएको छ । राज्य संञ्चार क्षेत्र प्रती दिनप्रतिदिन कठोर बन्दै जानू र संञ्चारसंङ्ग जोडिएको अन्तबस्तुहरुलाई कम्जोर बनाउनुले पनि सरकारको नियत प्रष्ट भइ सकेको आफ्नो पेशागत धर्म प्रति सचेत रहन आग्रह गर्दै सुदृढीकरणका नाउँमा भएको अमानवीय गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
सम्बोधन कै क्रममा अध्यक्ष मगरले पत्रकारिता क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउन सबै सञ्चारकर्मीबीच एकता आवश्यक रहेको बताउनुभएको छ । तत्काल सरकारले लोककल्याणकारी बिज्ञापन लगायतका बिषयमा पुर्व अडान छन् आग्रह गर्दै प्रदेश स्तरीय प्रेस रजिस्ट्रारको कार्यालयका बारेमा आएका अभिव्यक्ति प्रती सिङ्गो संञ्चार जगत तरंगि भएको अवगत गराउनु भएको छ ।
साधारणसभा नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्ष विनोद न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन शाखा सचिव नगेन्द्र अधिकारीले गर्नुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष कपिल कोइरालाले राख्नुभएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, इस्वरी ओझा, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना तथा बद्रीराज तिमल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी फोनिज काभ्रे अध्यक्ष इन्द्र वहादुर थापा , प्रेस युनियन काभ्रे सचिव शुभराज अधिकारी , प्रेस सेन्टर काभ्रे अध्यक्ष राम प्रसाद ढकाल , प्रेस चौतारी काभ्रे अध्यक्ष केदार तिमल्सिना र सञ्चारिका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटाले पत्रकारिताको विकास, प्रेस स्वतन्त्रता र पेशागत एकताका विषयमा समान धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा “भरतराज पत्रकारिता पुरस्कार” बाट अग्रज पत्रकार मधुसुदन गुरागाईं लाई नगदसहित सम्मान गरिएको थियो । उहाँ लामो समयदेखि पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका आधारमा सम्मानित गरिएको आयोजकले जनाएको छ ।कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखा सचिव नगेन्द्र अधिकारीले प्रगती प्रतिवेदन र कोषाध्यक्ष केशवराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसंमत ढंगबाट अत्यन त सौहार्द ढंगबाट पारित भएको थियो । बन्दसत्रलाई अध्यक्ष मण्डलका अध्यक्ष पुर्व महासंघ सभापति भोजराज तिमल्सिनाको संयोजकत्वमा सम्पन्न भएको थियो ।स्मरणीय पक्ष बन्दसत्र होस् त यस्तो भन्ने बनाएर नमुना देखाउन सफल पुर्ब सभापति तिमल्सिना प्रती साधुवाद !
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |