Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोटथुम्काको प्रचार प्रसारमा लाग

प्रभातफेरी अनलाइन २२३८ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन १५, मंगलबार (१३ साल अघि)
Post Thumbnail

जिल्लाको उत्तरी भेग चण्डेनीमण्डनमा रहेको ऐतिहासिक गन्तव्य कोटथुम्का अहिले ओझेलमा छ । प्रचार–प्रसार तथा यातायात लगायत अन्य कारणले वर्षाैं देखि ऐतिहासिक महत्व बोकेर पनि यो ठाउँ ओझेलमा रहँदै आएको छ ।
जिल्ला सदरमुकाम धुलिखेलबाट २५ किलोमिटरको दुरीमा  रहेको कोटथुम्का पर्यटकहरुको मुख्य गन्तव्य स्थान बन्न सक्ने ठाँउ हो । यहाँँबाट सर्वोच्च शिखर सगरमाथा लगायत गणेश, जुगल, गौरीशंकर, लाङ्गटाङ्ग तथा अन्य हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । थुम्का र आसपासका क्षेत्रमा ऐतिहासिक उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरी लगायतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु छन् । काभे्र र सिन्धुपाल्चोकको सिमाना भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृष्यले त त्यहाँ पुग्ने जो कसैको मन पनि लोभ्याउने गर्छ ।
वि.सं. १९९० सालको भुकम्प जानु भन्दा पहिले यहाँ बाट राजधानीमा रहेको १८ तले धरहराको पनि अवलोकन गर्न सकिने भएकाले त्यतिखेर यसकै लागि दैनिक सयौं मानिसहरु यहाँ पुग्थे । मण्डनभेगमा रहेको चार वटा गाविसहरु चण्डेनीमण्डन, महादेवस्थान, जैशिथोक तथा ज्याम्दीको मुख्य गन्तव्य कोटथुम्काको महत्व उजागर हुन सकेको छैन । सरोकारवालाहरुको वेवस्था र स्थानीयको कम चासोको कारण यो क्षेत्र पछाडी पर्दै आएको छ ।
धार्मिक दृष्ट्रिकोणबाट पनि महत्व रहेको कोटथुम्कामा अवस्थित उमादेवीको मन्दिर र केहि तल रहेको कश्यपेश्वर महादेवको मन्दिरको पनि आफ्नै किंवदन्ति छ । सत्य युगमा महादेवले आफ्नी पत्नी सतिदेवीको मृत्यु पछि उनको शव बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस ठाउँमा पुगेपछि सतिदेवीको मुटु पतन भएको र यहाँ उमादेवी र कश्यपेश्वर महादेवको उत्पति भएको कुरा स्वस्थानीमा वर्णन गरिएको छ । यहाँको मन्दिरमा वलि चढाईएको पशुहरुको रगत ६० मिटर तल रहेको जंगलमा भएको अर्को मन्दिरमा पुग्ने जनश्रुती पनि रहेको छ ।
कोटथुम्का र आसपासका पर्यटकीय क्षेत्रलाई समेटेर यहाँ पर्यटनको विकास गर्न सकिन्छ । इन्द्रावती नदी, कोटथुम्का, उमादेवी मन्दिर, कश्यपेश्वर महादेव लगायत पर्यटनको सम्भावना बोकेका क्षेत्रहरु समेटेर गुरुयोजना बन्नु आवश्यक छ । यसको लागि स्थानीयको पहल कदमी, सरोकारवालाहरुले बेलैमा पहल थाल्नु आवश्यक छ । त्यसो गरी यो उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0