जिल्लाकै पुरानो मध्येको एक विद्यालय उमा सह शिक्षालय उच्च मावि अहिले दयनीय अवस्थामा छ ।
राणाकालिन जर्जर अवस्थामा पनि सर्वसाधारण जनताका लागि भाषा पाठशाला र महिला र पुरुषलाई समान शिक्षा उद्धेश्य दिने अभिप्रायले खोलिएको विद्यालयले अहिले पनि विभिन्न समस्याहरु झेलिरहेको छ । तत्कालिन अवस्थामा मण्डनभेगका चार गाविसहरु चण्डेनीमण्डन, महादेवस्थान, ज्याम्दी र जैशिथोकको शैक्षिक केन्द्रविन्दुको रुपमा रहेको यो विद्यालय यतिखेर सरोकारवालाहरुको सहयोगको पर्खाइमा छ ।
विद्यालयको बन्न लागेको भवन अधुरो छ । २००७ साल अघिका विद्यालयलाई सहयोग गर्ने सरकारी नीति अनुरुप विद्यालयले सहयोग त पायो तर सरकारी सहयोग अपर्याप्त हुँदा विद्यालय भवन अपुरो बन्यो । विद्यालयले भवन पुरा गर्नकै लागि महायज्ञ त लगाएको छ तर महायज्ञको आम्दानीबाट विद्यालयका सम्पुर्ण समस्याहरु समाधान हुने अवश्था छैन । नजिकै धाराहरु निर्माण गरिएको भएपनि खानेपानी नहुँदा विद्यार्थीहरु समस्यामा रहेका छन् । शौचालय पक्की बनाइए पनि पानीकै अभाव भएकाले भरपर्दो तरिकाले संचालन गर्न सकिएको छैन । विद्यालयमा पुग्नको लागि सडक यातायातको पनि भरपर्दो व्यवस्था छैन । फर्निचरको पनि यहाँ अभाव छ । उच्च मावि भएर पनि भरपर्दो पुस्तकालय र आवश्यक पाठ्यसामाग्री विद्यालयमा छैन । हाल विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् ।
जिल्लाको पुरानो विद्यालयको अवश्था सुधारको लागि सरोकारवालाहरु लगि पर्नु आवश्यक छ । स्थानीय राजनैतिक दल, अभिभावक र सरोकारवालाहरु विद्यालयको शैक्षिक एवं भौतिक सुधारको लागि लागिपर्नु आवश्यक छ । विद्यालयलाई आवश्यक कोटा उपलव्ध गराउन जिल्ला शिक्षा कार्यलयले खुट्टा कमाउनु हुँदैन । शिक्षाको विकासको लागि शिक्षक र अविभावकहरुले पनि रचनात्मक रुपमा सहयोग गर्नु जरुरी छ । समुदायको सम्पतिको रुपमा यो विद्यालयलाई लिएर यसको प्रवद्र्धन र संरक्षण गर्ने हो भने जिल्लाकै पुरानो विद्यालय उमा सह शिक्षालयले काँचुली फेर्न सक्छ । यसको लागि सरोकारवालाहरुले ढिलाई गर्नुुहँुदैन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |