Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

१ सय ८४ माझीले नागरिकता पाए “अव बृद्धभत्ता पाउँछौँ की ? ”

प्रभातफेरी अनलाइन १०५२ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २०, आईतबार (१३ साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी ÷ चण्डेनीमण्डन

विगत लामो समय देखि नागरिकता विहिन जिल्लाको चण्डेनीमण्डन–२ आँपचौरका माझी समुदायले नागरिकता पाएका छन् ।

उनीहरुले नागरिकता नपाएको समाचार विभिन्न संचार माध्यमहरुले पटक–पटक प्रकाशित गरेपछि समाचारको प्रभाव कै कारण उनीहरुले नागरिकता पाएका हुन् । यहि फागुनको १४ र १५ गते जिल्ला प्रशासन कार्यालय काभे्रबाट नागरिकताको घुम्तीटोली गाउँमै पठाएर यहाँका माचmस्हरुलाई नागरिकता दिइएकोे काभे्रका प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले जानकारी दिए । नागरिकता पाए सँगै माझीहरुमा खुशि र उत्साह थपेको स्थानिय युवा एवं विन्धवासिनी माविका प्रधानाध्यापक राजु माझीले बताए । पटक–पटक प्रयास गर्दा पनि नागरिकता नपाएकै कारण यहाँका करिव १५ जना माझीहरुले वृद्ध भत्ता र सरकारले दिने अन्य सुविधा पनि पाउन सकेका थिएनन् । यस गाउँको करिव पाँच सय जनसंख्या मध्ये नागरिकता पाउने उमेर पुगेका ३ सय जतिले अहिले सम्म पनि नागरिकता पाउन सकेका थिएनन् ।

२००४ सालमा जन्मेकी स्थानिय चाँममाया माझीले आफूले ६५ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा अहिले सम्म कै खुशीको अनुभव गरिन् ।  गाउँमा पूगेको नागरिकताको घुम्ती टोलीले उनलाई एकै साथ नागरिकता र मतदाता परिचयपत्र दिएको थियो । “६५ बर्षकी भए, अव भने बृद्धभत्ता पाउँछु की जस्तो लागेको छ । ” उनले भनिन् ।

टोलीले उनी जस्ता गाउँका अरु ७१ जना माझीसहित १ सय ८४ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेको थियो । तथ्याङ्कमा उल्लेख गरिए अनुसार भने यहाँका सबै माझीहरुले नागरिकता पाउन सकेनन् । रोजगारीको शिलशिलामा धेरैजसो युवाहरु गाउँ छोडेर राजधानी लगायत अन्य शहरमा गएका र यहाँ चेतनाको अझै पनि अभावले केहि व्यक्तिहरुले नागरिकता नपाएका हुन् । उनीहरुले नागरिकता पाउन अव भने सदरमुकाम मै पुग्नु पर्नेछ ।

विसं २०४० साल र ०६३ सालमा पनि गाउँमा नागरिकता बनाउनको लागि टोली पुगेको भएपनि ती टोलीहरुले यहाँका माझीले नागरिकता पाउन सकेका थिएनन् । ०४० सालमा त नागरिकता बनाउनु पर्छ भन्ने चेतना नै थिएन यहाँ । तर ०६३ सालमा भने धेरै जसोले नागरिकता बनाउने तयारी गरेका थिए । तर गाविसमा भएको आन्तरिक कलहका कारण यिनीहरु दोस्रोपटक पनि नागरिकता बनाउनबाट बञ्चित भएका भएपनि अहिले भने नागरिकता पाए पछि धेरै नै खुशी भएका छन् । नागरिकता नभएकै कारण यहाँका वासिन्दाहरु मतदाता नामावलीमा आफ्नो नाम लेखाउन समेत वञ्चित भएका थिए । यहाँबाट विदेश गएका केहि युवाहरुले भने सदरमुकाम धुलिखेल पुगेरै नागरिकता लिएका भएपनि बहुसंख्यक वृद्ध–वृद्धाहरुले नागरिकता लिन सकेका थिएनन् ।

गाउँमा पूगेको घुम्तीटोलीले १ सय १२ जनालाई फोटो सहितको मतदाता परिचयपत्र तथा ११ जनालाई अपाङ्ग परिचयपत्र पनि प्रदान गरेको थियो । प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल नेतृत्वको टोलीले गाउँमा मानिसहरुका लागि स्वास्थ्य शिविर र घरपालुवा पशुहरुका लागि भेटेरीनरी शिविर पनि संचालन गरेको थियो । २ दिन सम्म चलेको शिविरमा ४ सय ७५ जना स्थानियहरुको स्वास्थ्य परिक्षण गरिएको थियो भने १ हजार ३ सय ५५ वटा पशुहरुलाई नाम्लेको औषधी वितरण गरिएको चण्डेनीमण्डनका गाविस सहायक राजु नेपालले बताए । टोलीले यहाँका ५ सय कृषकहरुलाई उन्नत जातका तरकारीहरुको विउविजन पनि वितरण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0