Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

१ सय ८४ माझीले नागरिकता पाए “अव बृद्धभत्ता पाउँछौँ की ? ”

प्रभातफेरी अनलाइन ७४८ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २०, आईतबार (१० साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी ÷ चण्डेनीमण्डन

विगत लामो समय देखि नागरिकता विहिन जिल्लाको चण्डेनीमण्डन–२ आँपचौरका माझी समुदायले नागरिकता पाएका छन् ।

उनीहरुले नागरिकता नपाएको समाचार विभिन्न संचार माध्यमहरुले पटक–पटक प्रकाशित गरेपछि समाचारको प्रभाव कै कारण उनीहरुले नागरिकता पाएका हुन् । यहि फागुनको १४ र १५ गते जिल्ला प्रशासन कार्यालय काभे्रबाट नागरिकताको घुम्तीटोली गाउँमै पठाएर यहाँका माचmस्हरुलाई नागरिकता दिइएकोे काभे्रका प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले जानकारी दिए । नागरिकता पाए सँगै माझीहरुमा खुशि र उत्साह थपेको स्थानिय युवा एवं विन्धवासिनी माविका प्रधानाध्यापक राजु माझीले बताए । पटक–पटक प्रयास गर्दा पनि नागरिकता नपाएकै कारण यहाँका करिव १५ जना माझीहरुले वृद्ध भत्ता र सरकारले दिने अन्य सुविधा पनि पाउन सकेका थिएनन् । यस गाउँको करिव पाँच सय जनसंख्या मध्ये नागरिकता पाउने उमेर पुगेका ३ सय जतिले अहिले सम्म पनि नागरिकता पाउन सकेका थिएनन् ।

२००४ सालमा जन्मेकी स्थानिय चाँममाया माझीले आफूले ६५ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा अहिले सम्म कै खुशीको अनुभव गरिन् ।  गाउँमा पूगेको नागरिकताको घुम्ती टोलीले उनलाई एकै साथ नागरिकता र मतदाता परिचयपत्र दिएको थियो । “६५ बर्षकी भए, अव भने बृद्धभत्ता पाउँछु की जस्तो लागेको छ । ” उनले भनिन् ।

टोलीले उनी जस्ता गाउँका अरु ७१ जना माझीसहित १ सय ८४ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेको थियो । तथ्याङ्कमा उल्लेख गरिए अनुसार भने यहाँका सबै माझीहरुले नागरिकता पाउन सकेनन् । रोजगारीको शिलशिलामा धेरैजसो युवाहरु गाउँ छोडेर राजधानी लगायत अन्य शहरमा गएका र यहाँ चेतनाको अझै पनि अभावले केहि व्यक्तिहरुले नागरिकता नपाएका हुन् । उनीहरुले नागरिकता पाउन अव भने सदरमुकाम मै पुग्नु पर्नेछ ।

विसं २०४० साल र ०६३ सालमा पनि गाउँमा नागरिकता बनाउनको लागि टोली पुगेको भएपनि ती टोलीहरुले यहाँका माझीले नागरिकता पाउन सकेका थिएनन् । ०४० सालमा त नागरिकता बनाउनु पर्छ भन्ने चेतना नै थिएन यहाँ । तर ०६३ सालमा भने धेरै जसोले नागरिकता बनाउने तयारी गरेका थिए । तर गाविसमा भएको आन्तरिक कलहका कारण यिनीहरु दोस्रोपटक पनि नागरिकता बनाउनबाट बञ्चित भएका भएपनि अहिले भने नागरिकता पाए पछि धेरै नै खुशी भएका छन् । नागरिकता नभएकै कारण यहाँका वासिन्दाहरु मतदाता नामावलीमा आफ्नो नाम लेखाउन समेत वञ्चित भएका थिए । यहाँबाट विदेश गएका केहि युवाहरुले भने सदरमुकाम धुलिखेल पुगेरै नागरिकता लिएका भएपनि बहुसंख्यक वृद्ध–वृद्धाहरुले नागरिकता लिन सकेका थिएनन् ।

गाउँमा पूगेको घुम्तीटोलीले १ सय १२ जनालाई फोटो सहितको मतदाता परिचयपत्र तथा ११ जनालाई अपाङ्ग परिचयपत्र पनि प्रदान गरेको थियो । प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल नेतृत्वको टोलीले गाउँमा मानिसहरुका लागि स्वास्थ्य शिविर र घरपालुवा पशुहरुका लागि भेटेरीनरी शिविर पनि संचालन गरेको थियो । २ दिन सम्म चलेको शिविरमा ४ सय ७५ जना स्थानियहरुको स्वास्थ्य परिक्षण गरिएको थियो भने १ हजार ३ सय ५५ वटा पशुहरुलाई नाम्लेको औषधी वितरण गरिएको चण्डेनीमण्डनका गाविस सहायक राजु नेपालले बताए । टोलीले यहाँका ५ सय कृषकहरुलाई उन्नत जातका तरकारीहरुको विउविजन पनि वितरण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0